सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सम्बन्धविच्छेदका घटनामा कमी आएन


  •    न्युजभित्तो/५ चैत्र २०८०, सोमबार १२:५५ 
  • रुकुमपश्चिम, ५ चैत । जिल्ला अदालत रुकुम पश्चिमले चालु आर्थिक वर्ष २०८० र ८१ को फागुन मसान्तसम्म दुई सय दुई मुद्दा फछर्यौट गरेको जनाएको छ । गत साउनदेखि फागुनसम्म दर्ता भएकामध्ये सो सङ्ख्यामा मुद्दा फछर्यौट गरेको जनाएको हो ।

    जिल्ला अदालत रुकुम पश्चिमका स्रेस्तेदार मन्दिरा शाहीका अनुसार गत आवदेखि जिम्मेवारी सरेर आएका एक सय ६६ र चालु आवमा नयाँ दर्ता भएका तीन सय नौ गरेर हालसम्म चार सय ७५ मुद्दा जिल्ला अदालत दर्ता भएका छन् । दर्ता भएकामध्ये हालसम्म दुई सय दुई मुद्दा मात्र फछर्यौट भएका उहाँले जानकारी दिनुभयो ।

    स्रेस्तेदार शाहीका अनुसार वार्षिक फछर्यौटको लक्ष्य पाँच सय ५० राखिएको छ । फागुनसम्म लक्ष्यको ३७ दशमलव चार प्रतिशत मुद्दा फछर्यौट भएको भन्दै लगतको भने ४२ दशमलव ५२ प्रतिशत मुद्दा फछर्यौट भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अब दुई सय ७३ मुद्दा फछर्यौट हुन बाँकी छन् ।

    जिल्लामा कर्तव्य ज्यानसम्बन्धी, सम्बन्धविच्छेद, बालविवाह र घरेलु हिंसाका घटना बढी हुने गरेका स्रेस्तेदार शाहीले जानकारी दिनुयभो । “अदालतमा दर्ता भएका मुद्दामध्ये ३७ प्रतिशत भन्दाबढी सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेका छन्”, उहाँले भन्नुभयो “आर्थिक अभावले विदेशीनु, सानै उमेरमा पढाइ छोड्नु, बालविवाह गर्नुलगायत कारणले सम्बन्धविच्छेदका घटनामा कमी आउन सकेको छैन । करिब २० प्रतिशत घरेलु हिंसाका कारण सम्बन्धविच्छेद हुने गरेको छ ।”

    सम्बन्धविच्छेदका केही मुद्दामा मिलापत्र गरेर पठाए पनि केहीमा नसकिएको जिल्ला अदातलका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले बताउनुभयो । सेवा प्रवाहलाई थप व्यवस्थित गर्न मुद्दाका मिसिललाई विद्युतीय माध्यमबाट संरक्षण गर्न सुरु गरिएको, बालमैत्री र स्तनपान कक्ष सञ्चालनमा ल्याएको र सेवाग्राहीका लागि फोटोकपी निःशुल्क व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.