सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेरो नाम लिएर कसैले बार्गेनिङ गरे सिधै मलाई खबर गर्नुहोलाः शिक्षामन्त्री सुमना


  •    न्युजभित्तो/४ चैत्र २०८०, आईतवार १३:३७ 
  • काठमाडौं, ४  चैत । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले केही विद्यालयमा भर्ना गर्न वा छात्रवृत्ति पाउन आफ्नो नाम लिएर बार्गेनिङ गर्न आएको खबर पाए तत्काल कारबाही गर्ने बताएकी छिन्। उनले सामाजिक सञ्जालबाट त्यसरी नाम लिएर बार्गेनिङ गर्न आए प्रमाणसहित खबर गर्न भनेकी छिन्।

    उनले शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा आफ्नो नाम लिएर वा पार्टी, कर्मचारीमार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोजेमा उक्त व्यक्तिको मूल्याङ्कनमा ०.५ नम्बर घटाइने चेतावनी दिइन्।

    ‘सोर्स फोर्स’ वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाउनुभयो भने complaints@moest.gov.np मा उजुरी गर्नुहोला,’उनले भनेकी छिन्,‘हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्नेछौँ, कहीँ कतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाणसहित सिधै मलाई खबर गर्नुहोला।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.