सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ठूलो सङ्ख्यामा माछाका भुरा उत्पादन गर्दै मत्स्य विकास केन्द्र


  •    न्युजभित्तो/१ चैत्र २०८०, बिहीबार १४:३९ 
  • चितवन, १ चैत । मत्स्य विकास केन्द्र भण्डाराले चालु आर्थिक वर्षमा ठूलो सङ्ख्यामा माछाका भुरा उत्पादन गर्ने गरी काम अघि बढाएको छ । केन्द्रले यस वर्ष विभिन्न आठ जातका सात करोड २१ लाख माछाका भुरा उत्पादन गर्ने योजनाका साथ काम गरिरहेको छ ।

    कार्यालयका प्रमुख माधवप्रसाद दाहालका अनुसार ह्याचरी गरिएका, फिसिङ र फ्राइ साइजका भुरा बिक्री गर्ने लक्ष्य लिएको छ । दुईदेखि तीन दिनसम्मका ह्याच गरिएका छ करोड ५० लाख, फ्राइसाइज एक महिना हुर्काइएका ६५ लाख र फिङ्गर दुईदेखि तीन महिनासम्म हुर्काइएका छ लाख माछाका भुरा बिक्री गर्नेगरी काम गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले लक्ष्यभन्दा धेरै माछाका भुरा उत्पादन गरेर बिक्रीवितरण गर्दै आएका छौँ । यस वर्ष पनि बढी नै उत्पादन गर्ने योजना छ ।”

    मौसममा आएको परिवर्तनका कारण यस वर्ष भुरा उत्पादनमा केही ढिलाइ भएको भए पनि किसानलाई आवश्यकतानुसारका भुरा उत्पादनमा केन्द्र लागेको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “गत वर्षहरूमा फागुन अन्तिम साताबाट भुरा बिक्रीवितरण सुरु हुन्थ्यो भने अहिले चैतको पहिलो सातादेखि सुरु गर्ने योजनामा छौँ । केही दिनभित्रै बिक्री सुरु गरिँदैछ ।”

    केन्द्रले २२ बिघा क्षेत्रफलमा माछाका भुरा उत्पादन गरी बिक्री गर्दै आएको छ । छत्तीसवटा पोखरीमध्ये ३५ वटा पोखरीमा भुरा उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ ।

    यहाँ उत्पादित माछाका भुरा चितवन, बारा, पर्सा, तनहुँ, नवलपुर, लमजुङ, कास्कीसहित २२ जिल्लाका किसानलाई बिक्रीवितरण गरिँदै आइएको छ । जिल्लामा एक हजार एक सय हेक्टर क्षेत्रफलमा माछा पालिँदै आएको छ । एक हेक्टरमा १५ हजार माछाका भुरा आवश्यक पर्ने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य अधिकृत भीमदत्त भट्टको भनाइ छ । उहाँका अनुसार जिल्लाबाट वार्षिक चार हजार पाँच सयदेखि पाँच हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.