सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनबाट शुक्लाफाँटाको चौधर नदीमा छाड्न घडियाल गोही पठाइयो


  •    न्युजभित्तो/१ चैत्र २०८०, बिहीबार १४:०१ 
  • चितवन, १ चैत । चितवन राष्ट्रिय निकुञ्जको कसरामा हुर्काइएका २५ वटा गोही शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै बग्ने चौधर नदीमा छोड्न पठाइएको छ । शनिबार बिहान नदीमा घडियाल गोही छोडिने जनाइएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चारदेखि पाँच वर्ष उमेरका गोही पठाइएको हो । चौधर नदीमा लिखितरुपमा सन् १९८० सम्म गोही रहेको भनिए पनि त्यहाँ माछा मार्नेले सन् १९९३ सम्म गोही देखेको स्थानीयले बताउँदै आएका छन् । त्यसयता हाल मगर गोहीमात्र रहेका छन् । तिवारीले नदी गोहीका लागि उपयुक्त भएकाले पठाइएको बताउनुभयो ।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गोही लिन आउनुभएका संरक्षण अधिकृत एवं सूचना अधिकारी मनोज ऐरले झण्डै ४० घण्टा लगाएर गोही लैजान लागेको बताउनुभयो । शनिबार औपचारिक कार्यक्रम गरी नदीमा गोही छोडिने उहाँले बताउनुभयो । निकुञ्ज विभागले गरेको अध्ययनमा सो नदी गोहीका लागि उपयुक्त देखिएकाले यस वर्ष २५ वटा र अर्को वर्ष २५ वटा गोही लैजाने तयारी गरेको हो । कञ्चनपुर र डडेलधुराको सिमानामा रहेको चुरे क्षेत्रबाट बग्ने खोला र खोल्सा एवं कहिलेकाहीँ महाकाली सिँचाइ दोस्रो परियोजनाको पानी यो नदीमा आएर मिसिन्छ ।

    यो नदी भारततर्फको महाकाली नदीमा गएर मिसिने उहाँले जानकारी दिनुभयो । चौधर नदीले शुक्लाफाँटा निकुञ्जलाई बीचबाट दुई भागमा विभाजन गरेको छ । यस वर्ष गोही प्रजनन केन्द्रबाट १० वटा गोही बाँकेको राप्ती नदीमा छोड्ने गरी पठाइएको थियो । प्रजनन केन्द्रमा हुर्काइएका थप ४० वटा गोही केही दिनमा राप्ती र नारायणी नदीमा छोड्ने योजना बनाइएको छ । हरेक वर्ष राप्ती र नारायणी नदीको बगरमा गोहीको अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा बच्चा कोरली हुर्काउने गरिन्छ । प्रजनन केन्द्रमा समेत गोहीले पारेका अण्डाबाटसमेत कोरलिएको बच्चालाई यहाँ हुर्काउने गरिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.