सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेन्ट्रल कलेज प्रथम भरतपुर च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश


  •    न्युजभित्तो/१ चैत्र २०८०, बिहीबार ११:५६ 
  • चितवन, १ चैत्र । २८ बिगा सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    आज (बुधबार) सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमीविरुद्ध सहज जित निकाल्दै २८ बिगाले सेमिफाइनलमा स्थान पक्का गरेको हो । नेपाल प्रहरी शिक्षालयको मैदानमा भएको खेलमा २८ बिगा विरुद्ध ४ गोलले विजयी भयो ।

    २८ बिगाको जितमा अजित लामा, गणेश हमाल, कृपा चौधरी र स्यामुएल सुनारले गोल गरे । चारै गोल दोस्रो हाफमा भएको थियो । दोस्रो हाफको पाचौं मिनेटमा अजितले गोल गर्दै २८ बिगालाई अग्रता दिलाए । लगत्तै सातौं मिनेटमा गणेशले अग्रता दोब्बर बनाए । २४ औं मिनेटमा कृपाले फ्री किकमा सुन्दर गोल गरेपछि २८ बिगाले ३९० को अग्रता लियो । ३४ औं मिनेटमा स्यामुएले गोल गरेपछि २८ बिगाले सहज जित दर्ता गरेको हो । २८ बिगाका अजित म्यान अफ दि म्याच भए ।

    चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा बिहीबार दोस्रो क्वाटरफाइनल खेल हुनेछ । दोस्रो क्वाटरफाइनलमा पेङ्गुइन भरतपुर २४ र घैरुङ एफसी गोरखा भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । चैत १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.