सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गठबन्धन परिवर्तन गर्ने प्रचण्डजी मुख्य हो, साथ दिने म पनि हो: ओली


  •    न्युजभित्तो/३० फाल्गुन २०८०, बुधबार १३:०९ 
  • काठमाडौं, ३० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन परिवर्तनका लागि बाह्य शक्तिको नाम जोड्नु बान्छनीय नभएको बताएका छन् ।

    संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतको प्रस्तावको पक्षमा बोल्दै एमाले अध्यक्ष ओलीले देशभित्रकै शक्तिले मिलेर गरेको कामलाई बाह्य शक्तिले गरेको भन्नु उचित नहुने बताए ।

    ‘हामीले सँगै मिलेर धेरै राम्रा काम गरेका छौँ । राम्रा गरे जति सबै आफूले गरेको भन्छ नेपाली कांग्रेसले । अरूलाई एक छेउ जस दिन्छ रु’, ओलीले भने, ‘यसपटक पनि नेपाली कांग्रेस मात्रै होइन, अरूअरू छरछिमेकका मित्र पनि यत्तिको काम त हामीले गरेको भनेर हामीलाई जस दिए हुन्छ नि । सरकार परिवर्तन यताउता, खत्र्याखुत्रुक, हाम्रो देशभित्रका सानातीना काम त हामीले गरेको भन्दा हुन्छ । को देश आयो, कुन आयो, कसले गर्यो भनेर कहाँ अरूलाई जस दिएको ?

    उनले गठबन्धन परिवर्तनमा प्रधानमन्त्री प्रचण्ड र आफूले गरेको जिकिर गरे । ‘परिवर्तन गर्ने प्रचण्डजी मुख्य हो, साथ दिने म पनि हो । दुई भाइलाई जस दिए पनि हुन्छ नि’, ओलीले भने, ‘मैले १६ पुसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन गठबन्धनमा रमाएर मस्तले इन्जोय गरिरहेको कांग्रेसको तलाउमा फ्याट्ट ढुंगा फ्याकेर किन तरंग ल्याउने त्यतापट्टी छैन भनेको थिएँ । मैले तरंग ल्याउन चाहिनँ । तर बुझ्न त कांग्रेसले बुझेको थियो होला ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.