सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एकीकृत समाजवादीले दस्तावेज लेखन परिमार्जन गर्दै


  •    न्युजभित्तो/२९ फाल्गुन २०८०, मंगलवार ११:३६ 
  • काठमाडौँ, २९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दस्तावेजका मस्यौदामाथि छलफल गर्न आगामी चैत १ गते दस्तावेज लेखन मस्यौदा समितिको बैठक आह्वान गरेको छ । आगामी जेठमा हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि दस्तावेज लेखनमा समावेश गरिएका विषयवस्तु तथा नपुग भएका केही वस्तु थप्न बैठक बोलाइएको हो ।

    पछिल्लो सत्ता समीकरणपछि विकसित राजनीतिक घटनाक्रमलाई पनि दृष्टिगत गर्दै दस्तावेज लेखनलाई केही परिमार्जन गरिने पार्टीले जनाएको छ । वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिने जनाइएको छ । बैठकमा समाजवादी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावको वस्तुगत विश्लेषण गरिने छ ।

    पार्टीको वैचारिक, साङ्गठनिक, समाजवादी कार्यक्रम, विधान, भावी कार्ययोजना तथा रणनीतिलगायत विषयलाई उल्लेख गर्नेगरी यही फागुन मसान्तभित्र लेखनको कार्य सम्पन्न गरिने सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

    पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रतिवेदन लेखनको जिम्मेवारी दिइएको छ भने सम्मानित नेता झलनाथ खनाललाई समाजवादी कार्यक्रम, उपाध्यक्ष डा बेदुराम भुसाललाई पार्टी विधान र महासचिव घनश्याम भुसाललाई सङ्गठनात्मक प्रस्ताव संयोजनका लागि कार्य तोकिएको छ ।

    सबै पक्षलाई समेटेर प्रतिवेदन तयार भएपछि त्यसलाई एकीकृत गरेर महाधिवेशनमा एउटै दस्तावेज लैजाने जनाइएको छ । महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तारकार्य जारी राखेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.