सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केराको बोटमा रोग लागेपछि किसान चिन्तित


  •    न्युजभित्तो/२७ फाल्गुन २०८०, आईतवार १६:३६ 
  • उदयपुर, २७ फागुन । उदयपुरको त्रियुगा नगरपालिकाका विभिन्न ठाउँमा केराको बोटमा रोग लागेपछि किसान चिन्तित भएका छन् । यहाँको साउने र खाँबु क्षेत्र केरा उत्पादनका उर्बर क्षेत्र मानिएको छ । तर दुई वर्ष यता केराको बोटमा विभिन्न रोग लाग्न थालेपछि उत्पादनमा कमी आएको छ ।

    त्रियुगा नगरपालिका–१४ साउने र वडा नं १५ को खाँबु, छामलिङ र अँधेरी केराको पकेट क्षेत्र मानिन्छ । केराका बोट पहेंँलीएर कुहिन थालेका छन् । बोट नै मर्न थालेपछि आफुहरु चिन्तित बनेको छामलिङका कृषक अमेन्द्र राईले बताउनुभयो । दुई दशकदेखि केरा खेती गर्दै आए पनि पछिल्लो समय रोगका कारण घाटा बेहोर्नुपरेको उहाँ बताउनुहुन्छ ।

    त्रियुगा–१४ साउनेका कृषक दानबहादुर मगरले तीन वर्षदेखि केराको बोट रोगका कारण फष्टाउन छाडेको बताउनुभयो । साउने हुबासकै कृषक देविदत्त तिमसिनाले तीन वर्ष अघिसम्म वार्षिक रु एक लाखभन्दा बढीको केरा बिक्री गर्ने गरिएको भए पनि पछिल्लो दुई वर्षमा रु ५० हजार मात्र आम्दानी भएको बताउनुभयो ।

    अधिकाँश केराका बोट पहेंँलो हुने र फेद कुहिने अनी मर्ने गरेको कारण पसाएका केरासमेत मरेको छामलिङका कृषक हर्क राईले बताउनुभयो । यस क्षेत्रका अधिकाँश किसान लामो समयदेखि व्यावसायीकरुपमा केरा खेती गर्दैआएका छन् । विभिन्न विषादी तथा औषधी प्रयोग गरेपनि रोग लाग्न नछाडेको किसान बताउँछन् । कतिपय किसानले पुराना बिरुवा मासेर नयाँ लगाउन थालेका छन् । यहाँ झप्री, मर्चे, धुसुरे, मुङ्ग्रेलगायत जातका केरा उत्पादन गरिँदै आएको छ ।

    जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार उदयपुरको बेलका नगरपालिका, कटारी, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा गरेर झण्डै सात सय ७६ हेक्टर क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.