भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
न्युजभित्तो/२७ फाल्गुन २०८०, आईतवार ११:५६
काठमाडौँ, २७ फागुन । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हिजो (शनिबार) १२ः४३ बजे सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२-०३२प ३३१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका-७ का मणिराज घिमिरेको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मणिराजको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा राति पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-४ घर भई काभ्रेपलान्चोक जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।