सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला कैदीबन्दीलाई लत्ताकपडा वितरण


  •    न्युजभित्तो/२५ फाल्गुन २०८०, शुक्रबार १६:३८ 
  • झापा, २५ फागुन । नारी दिवसको अवसर पारेर झापा कारागारका महिला कैदीबन्दीलाई ‘लायन्स क्लब अफ विर्तामोड लेडी’ले आज लत्ताकपडा वितरण गरेको छ । झापा कारागारमा रहेका ९१ महिला कैदीबन्दीलाई एक एक थान साडी, चोलो, कुर्था र सुरुवाल वितरण गरिएको हो ।

    लायन्स क्लब अफ विर्तामोड लेडीकी अध्यक्ष नीरु उप्रेती ओली र विर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतराले लत्ताकपडा वितरण गरेको हो । उहाँले बन्दी जीवन बिताइरहेका महिलालाई स्वरोजगारमूलक सीप र सकारात्मक सोचको विकास गर्न आग्रह गर्नुभयो ।

    जीवनमा भएका सानो गल्ती वा परिबन्दले सुरधारगृहमा पुग्नुपरेका दिदीबहिनीलाई पनि नारी दिवसको आभास होस् भनेर सहयोग गरिएको लेडी लायन्सकी अध्यक्ष ओलीले बताउनुभयो । झापा कारागारमा हाल ९१ महिला ९१, एक हजार पाँच सय २२ पुरुष र दुई बालबालिका कैदीबन्दी रहेका छन् ।

    महिला दर्शकलाई प्रवेश निःशुल्क

    यसैबीच झापाको विर्तामोडमा जारी झापा गोल्डकप फुटबल प्रतियोगितामा आज महिला दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ । गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतका अनुसार अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला दर्शकलाई टिकट निःशुल्क गरिएको हो । उक्त प्रतियोगितामा रु दुई सय र रु तीन सय प्रवेश शुल्क निर्धारण गरिएको थियो ।

    दृष्टिविहीनसँग अन्तक्र्रिया

    महिला जनचेतना केन्द्र झापाले नारी दिवसका अवसरमा आज काँकडभिट्टामा दृष्टिविहीन महिलासँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । केन्द्रकी अध्यक्ष राधा प्रधानले दृष्टिविहीन महिलाले जीविका, आवतजावत र राज्यको सुविधामा सकस भोग्नुपरिरहेको हुँदा यस विषयमा सरकारको ध्यानाकर्षण होस् भनेर कार्यक्रम गरिएको बताउनुभयो ।

    सो अवसरमा मेचीनगर क्षेत्रका ६ दृष्टिविहीन महिलाले आफूले भोगिरहेका समस्या सुनाएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.