सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ज्योतिषी पण्डित पाठक पञ्चकोटमा कमलनयनाचार्यबाट सम्मानित


  •    न्युजभित्तो/२५ फाल्गुन २०८०, शुक्रबार ०७:२९ 
  • बागलुङ । ज्योतिषी एवं पण्डित विष्णुप्रसाद पाठक बागलुङ जिल्लाको पञ्चकोटमा आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञका क्रममा पञ्चकोटमा सम्मानित हुनुभएको छ । सर्वसिद्धिधाम पञ्चकोटका परिकल्पनाकार एवं संस्थापक तथा ब्रह्माण्डीय महायज्ञका सङ्कल्पकर्ता मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले पाठकलाई सम्मान प्रदान गर्नुभएको थियो ।

    नेपालमा ज्योतिषीय विधामा संलग्न रही सो परम्पराको जगेर्ना गर्नुका साथै भक्तिसंगीत, भजन कीर्तनका माध्यमबाट आध्यात्मिक चेतना जगाई नेपाली समाजमा वैदिक सनातन धर्मको संरक्षण र सम्बर्धनमा लाग्दै भजन संकीर्तनबाट सर्वसिद्धिधाम पञ्चकोटको प्रचारप्रसारमा पुर्याएको योगदानको कदर गर्दै उहाँलाई सम्मान प्रदान गरिएको हो । सम्मानपत्रमा भनिएको छ ‘पिता देवनारायण पाठक र माता देवकली पाठकज्यूका सुपुत्र यहाँले गर्नुभएको महत्वपूर्ण योगदान स्मरणीय छ । हाम्रा सङ्कल्पगत नेतृत्वमा नेपाल र भारतमा समेत सम्पादन भएका महायज्ञहरूमा यहाँ र यहाँको परिवारको योगदान स्तुत्य रहेको छ । आगामी दिनमा पनि नेपाली संस्कार, संस्कृतिको संरक्षण, वैदिक आदर्श र परम्पराको जगेर्ना एवं यस पवित्र पुण्यभूमिमा रहेर पञ्चकोटको सम्बर्धनमा यसैगरी लाग्नुहुनेछ भन्ने शुभेच्छा प्रकट गर्दै अभूतपूर्व अनन्तश्रीब्रह्माण्डीय महायज्ञ(२०८० को अवसरमा यहाँको समुन्नत भविष्यसहित सुस्वास्थ्य र दीर्घायूको कामनाका साथ सम्मान-पत्र प्रदान गर्दछौँ ।’

    पाठकको लेखन, संगीत र गायनमा उत्पादित विसं २०७५ मा शिवजीको चरण र विसं २०७७ मा मुक्तिनाथको शरण नामक भजन संग्रह युट्युबमा छन् । विसं २०७५ मा उत्पादन तथा प्रसारण भएको सो भजन युट्युबमा करिब ४० भन्दा बढी भ्यूज रहेको छ ।

    युट्युबमा रहेको दोस्रो भजनमा पञ्चकोट र मुक्तिनाथ बाबाका भजन पनि रहेका छन् । यसअघि उहाँले विसं २०६४ मा भजन चुट्काको क्यासेट पनि निकाल्नुभएको थियो । सो क्यासेटमा रामायण, कृष्णचरित्र, श्रीस्वस्थानीमाताका भजनहरू समेटिएका छन् ।

    विसं २००७ सालमा बागलुङ जिल्लाको अमलाचौरमा जन्मिनुभएका पाठकले गुरुकुल शिक्षापश्चात ज्योतिषीय परम्परा र अध्ययनका साथै कर्मकाण्डीय र पाठपरायणको कामलाई निरन्तरता दिँदै आउनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.