सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गठबन्धन फेरिएपछि पहिलोपटक संसद्मा प्रधानमन्त्रीको सम्बोधन


  •    न्युजभित्तो/२४ फाल्गुन २०८०, बिहीबार १४:०८ 
  • काठमाडौँ, २४ फागुन । सत्ता गठबन्धनमा परिवर्तन र सरकारको पुनर्गठनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पहिलोपटक प्रतिनिधिसभामा सम्बोधन गर्नुभएको छ ।

    संसद्मा उठेका विषयप्रति सरकार गम्भीर हुने स्पष्ट गर्दै प्रधानमन्त्री दाहालले संसद्मा उठाइएका दुई युवा मारिएको बालकुमारी–घटनामाथि उठेका प्रश्न मन्त्रिपरिषद्को पुनर्गठनसँगै केही हदसम्म सम्बोधन भएको बताउनुभयो ।

    “सरकार संसद्प्रति उत्तरदायी नभएको आरोप सत्य छैन । संसद्मा नियमित कार्यतालिका बनाएर सवाल जवाफ सुरु गर्ने प्रधानमन्त्रीमाथि लगाइएको त्यस्तो आरोप स्वीकार्य छैन ।” प्रधानमन्त्री दाहालले मिटरब्याज (अनुचित लेनदेन) पीडितका समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता भइरहेको र सहकारी पीडितका समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगमा कार्यदल बनाइ काम भइरहेको जानकारी दिनुभयो । समस्याग्रस्त लघुवित्त र सहकारीबाट नागरिकका बचत हिनामिना भएको भन्ने सम्बन्धमा नेपाल प्रहरीबाट छानबिन गरी कारबाही गर्न प्रक्रिया आरम्भ भएको पनि उहाँले जानकारी गराउनुभयो ।

    प्रधानमन्त्री दाहालको सम्बोधन जारी रहेको छ । यही फागुन २१ गते सत्ता गठबन्धनमा फेरबदल आएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.