सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खुकुरी प्रहार गरी हत्या गरेका आरोपी २३ वर्षपछि पक्राउ


  •    न्युजभित्तो/२२ फाल्गुन २०८०, मंगलवार १४:०३ 
  • काठमाडौं, २२ फागुन । प्रहरीले हत्याका आरोपीलाई २३ वर्षपछि पक्राउ गरेको छ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २३ वर्षपछि एक जना हत्याका आरोपीलाई पक्राउ गरेको हो ।
    एसपी होबिन्‍द्र बोगटीका अनुसार पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का ४४ वर्षीय प्रेमबहादुर तामाङ छन्।

    उनीमाथि २०५७ माघ १६ गते साबिक ध्याङफेदी गाविस वडा नम्बर ३ मा मख्खु भन्ने छेवाङ तामाङको हत्या गरेको आरोप छ।

    आफन्तको घरमा त्यसराति घेवा मान्न जाँदा नाँचगान गर्नेक्रममा प्रेमबहादुरले छेवाङमाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।त्यसदिनपछि फरार रहेका उनलाई प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ माकलबारीबाट सोमबार पक्राउ गरेको हो।

    थप कारबाहीका लागि सिआइबीले उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.