सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्रालय भागबन्डाका लागि सत्तागठबन्धनको बैठक बस्दै


  •    न्युजभित्तो/२२ फाल्गुन २०८०, मंगलवार ११:३३ 
  • काठमाडौं, २२ फागुन । सत्तागठबन्धनमा मन्त्रालय भागबन्डाका लागि छलफल सुरु भएको छ। पार्टीको आन्तरिक छलफलपछि मन्त्रालयको टुंगो लगाउन मंगलबार दिउँसो २ गठबन्धनको बैठक बस्न लागेको छ।

    गठबन्धनबाट नेकपा एमालेका शंकर पोखरेल, माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले र जनता समाजवादीका राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन्।

    पुरानो गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरी ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्।

    सोमबार एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले बिनाविभागीय मन्त्रीको शपथ खाएका थिए।

    स्वास्थ्य मन्त्रालयमा चारवटै पार्टीको दाबी
    सत्ता गठबन्धनमा स्वास्थ्य मन्त्रालय सवैको रुचिमा परेको नयाँ गठबन्धनका एक नेता बताउँछन्। शिर्ष नेताहरुको प्रारम्भिक छलफलमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, सञ्चार मन्त्रालयपछि स्वास्थ्य मन्त्रालयका विषयमा छलफल भएको छ।

    अर्थ र गृह शिर्ष दुई दल एमाले र माओवादी केन्द्रले बाँड्ने भएका छन्। रहेका तीन मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले गृहमा दाबी कायम राख्दै शिक्षा र स्वास्थ्य मन्त्रालयमा जोड दिएको छ।

    त्यसैगरी जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव आफैं सहभागी हुने बताउँदै शक्तिशाली मन्त्रालयको आकांक्षा व्यक्त गरेका छन्। पहिले स्वास्थ्य मन्त्री भइसकेका उनले शिक्षा वा स्वास्थ्य मध्ये एकमा रुचि जताएको बुझिएको छ।

    स्वास्थ्य मन्त्रालयमा एमाले र माओवादी केन्द्रको समेत रुचि छ। पूर्व स्वास्थ्य मन्त्री रहेका एमालेबाट मन्त्रीको सपथ खाएका पदम गिरी स्वास्थ्य र सञ्चारमध्ये एक सम्हाल्न चाहिरहेका छन्। छोटो समयका लागि स्वास्थ्य मन्त्री बनेका उनलाई सोही मन्त्रालयमा फर्किन उनका शुभेच्छुकले जोड दिएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.