सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन कांग्रेसलाई महङ्गो सावित भयोः शेखर कोइराला


  •    न्युजभित्तो/२२ फाल्गुन २०८०, मंगलवार ११:१२ 
  • काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउनु सामान्य नभएको बताएका छन् । उनले सोमबारको घटनामा असन्तुष्टि जनाएका छन् । राजनीतिमा गठबन्धन बन्नु,तोडिनु र फेरि बन्नु सामान्य भएतापनि हिजोको घटना सामान्य नभएको बताए। उनले माओवादीलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन नेपाली कांग्रेसलाई महङ्गो सावित भएको बताए।

    उनले यस घटनामा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि भन्दै प्रश्न गरेका छन् ।साथै भविष्यको लागि सजग बन्न अनुरोध समेत गरेका छन् । ‘राजनीतिमा गठबन्धन वन्नु,तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होईन। कमजोर,अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए किरु भविष्यको लागि सजग बनौं ।’ उनले लेखेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.