एमालेका तर्फबाट पूर्व स्वास्थ्यमन्त्री पदम गिरी सरकारमा सहभागी हुँदै
न्युजभित्तो/२१ फाल्गुन २०८०, सोमबार १०:५८
काठमाडौं, २१ फागुन । नेकपा एमालेका तर्फबाट पदम गिरी सरकारमा सहभागी हुने भएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्रीमा तेहरिने सरकारमा एमालेले पहिलो चरणमा गिरीलाई मन्त्री बनाउन लागेको हो।
गिरीलाई मन्त्रीका लागि तयारी गर्न भनिएको उनको सचिवालयले जनाएको छ। यसअघि गिरी छोटो समयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए। अहिले मन्त्रालय भने यकिन भइनसकेको बताइएको छ। गिरीले स्वास्थ्यमै दोहोरिने चाहना भने व्यक्त गरेको बुझिएको छ।
काठमाडौं, २१ फागुन । नेकपा एमालेका तर्फबाट पदम गिरी सरकारमा सहभागी हुने भएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्रीमा तेहरिने सरकारमा एमालेले पहिलो चरणमा गिरीलाई मन्त्री बनाउन लागेको हो।
गिरीलाई मन्त्रीका लागि तयारी गर्न भनिएको उनको सचिवालयले जनाएको छ। यसअघि गिरी छोटो समयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए।
अहिले मन्त्रालय भने यकिन भइनसकेको बताइएको छ। गिरीले स्वास्थ्यमै दोहोरिने चाहना भने व्यक्त गरेको बुझिएको छ।
गिरी अहिले एमाले संसदीय दलका प्रमुख सचेतक छन्।