सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु


  •    न्युजभित्तो/२० फाल्गुन २०८०, आईतवार १४:१४ 
  • जकपुरधाम, २० फागुन । जनकधाममा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । उपमहानगरपालिका २३ विन्हीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु र चारजना घाइते भएका थिए । दुर्घटनाको विरोधमा स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेका हुन् ।

    उनीहरु सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले सडकमा विजुली पोल तेर्साएपछि सडक अवरुद्ध बनेको छ। ठक्कर दिएको बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै आश्रुग्याँस प्रहार गरेपनि प्रदर्शनकारी सडकमै छन् । प्रहरीले सडक खुलाउने प्रयासमा प्रहरीले गरिरहेको छ । अहिले अवस्था तनाव्रस्त बनेको छ ।

    जनकपुधाम ९ मा रहेको एंजल्स सेकेन्ड्री बोर्डिङ स्कुलको नम्बर नखुलेको बसको ठक्करबाट स्थानीय ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको थियो। बसले किचिएर अन्य ४ महिला घाइते छन् । उनीहरुलाई उपचारका लागि जनकपुरधाम लगिएको छ ।

    विवाहका लागि माटो खन्न पोखरीतर्फ गइरहेकी महिलाहरुको समूहलाई तीब्र गतिमा गइरहेको बसले ठक्कर दिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.