सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेयर रेनु प्रचण्डको मात्र छोरी होइनन्, नेपाली छोरी हुन्: झलनाथ खनाल


  •    न्युजभित्तो/१८ फाल्गुन २०८०, शुक्रबार १६:०७ 
  • चितवन, १८ फागुन । पूर्वप्रधानमन्त्री झलनाथ खनालले भरतपुरकी मेयर रेनु दाहाल प्रचण्डको मात्र छोरी होइनन् नेपालीकी छोरी भएको बताएका छन् ।

    भरतपुर भ्रमण वर्षको नारायणी किनारमा भइरहेको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पूर्वप्रधानमन्त्री खनालले रेनुले गरेको कामको प्रशंसा गर्दे सो बताएका हुन् ।

    खनालले भने, ‘रेनु दाहालको नेतृत्वमा यो आयोजना गर्नु भएको छ । तपाइँ कमरेड पुष्पकमल दाहालको छोरी मात्र होइन नेपालकी छोरी हो । धैरै कुराहरु पूरा गर्नुहोस् । शुभकामना दिन चाहन्छु । धेरै कुराहरु छन् । यसलाई विकास गर्ने व्यापक सम्भावनाहरु छन् । तपाइँका नीतिबाट समृद्ध चितवन बन्न सकोस्, देशलाई पनि अगाडि बढ्न प्रेरित गर्न सकोस् ।’ उनले रेनु दाहालले भरतपुरमा गरेको विकास निर्माण र भ्रमण वर्ष कार्यक्रमको प्रशंसा गरे ।

    पूर्वप्रधानमन्त्री खनालले दोस्रो जनआन्दोलनपछि तीन पटक सरकार परिवर्तन हुदा पनि नागरिकको अपेक्षाहरु पूरा गर्न नसकिएको भन्दै हामीले हिडेको बाटोको बारेमा समीक्षा गर्नुपर्ने बताएका छन् । उनले भने, ‘हामीले हिडेको बाटोलाई सिंहावलोकन गरौं, कहाँ कमजोरी भएको छ । एकचोटी छाती छामेर हेरौं, कहाँ कमजोरी भइरहेको छ । समृद्धितिर लान सम्भव छ ।’ उनले समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने सपना, दोस्रो जनआन्दोलनको उद्देश्य पूरा गर्न तिर लाग्नुपर्ने बताए । उनले भने, ‘ नीति र कार्यक्रम र बजेट तय गरौं । यो सुन्दरतामा सुगन्ध पनि थपिन्छ । हामीसँग सौन्दर्यको रुपमा भन्ने हो भने उत्तरतिर विशाल हिमश्रृङ्खलाहरु छन् । बिराट सम्भावनाहरु छन् ।’ उनले चितवन सभ्यता र सम्भावना बोकेको उपत्यका भएको बताए ।

    उनले भने, ‘ चितवनमा विकास र रुपान्तरणका प्रक्रियाहरु ऋगाडि बढ्दै छन् । यो महोत्सव साच्चिकै महत्वपूर्ण महोत्सवको रुपमा प्रमाणित भएको छ । पर्यटनको विकासको क्षेत्रले कृषिलाई उछिन्न सक्छ । रेमिट्यान्सलाई पर्यटनलाई जित्न सक्छ । कूल ग्राहस्थ उत्पादनमा पर्यटनको योगदान ६ प्रतिशत बढी छैन, बामे सर्दे छ पर्यटन ।’

    एकीकृत समाजवादी पार्टीका बरिष्ठ नेतासमेत रहेका खनालले २०६३ सालको परिवर्तन भएको दुई दशक बितेर तीन वटा सरकार बनिसक्दा पनि कृषि क्षेत्र गतिहिन भएको बताए । उनले भने, ‘ अझै देशलाई हेर्ने हो भने कृषि क्षेत्र गति हिन छ । पाँच प्रतिशत भन्दा बढी योगदान गर्न सक्ने अवस्थामा छैन । हाम्रो देशको उद्योगलाई गति दिन धेरै काम गर्नुपर्ने आवश्यकता छन् । देश समस्याग्रस्त छ । हरेक दिन तीन हजारको संख्यामा युवाहरु बाहिर जान विवश भएका छन् ।’ उनले प्राकृतिका साधनस्रोतको हिसाबले नेपाल सम्पन्न देश भए पनि यो कुरालाई फेर्नुपर्ने बताए ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.