सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मञ्चमा देखिएको एकता देश रुपान्तरणमा पनि देखियोस्: रवि लामिछाने


  •    न्युजभित्तो/१८ फाल्गुन २०८०, शुक्रबार १६:०४ 
  • चितवन, १८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ का सांसद रवि लामिछानेले मञ्चमा देखिएको शीर्ष नेताहरुको एकता देश रुपान्तरणमा पनि देखिनुपर्ने बताएका छन् ।

    भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै लामिछानेले मञ्चमा देखिएका सबै दलका शीर्ष नेताहरुलाई संकेत गर्दै यो एकता देशको रुपान्तरणमा पनि देखिनुपर्ने बताएका हुन् । उनले भने, ‘मञ्चमा देखिएको कम देख्ने दृश्य हो । त्यो भन्दा राम्रो दृश्य बन्न सकोस् । राष्ट्रिय मुद्दामा एक बन्न सकौं । भविष्यका पूर्वप्रधानमन्त्रीहरु र भविष्यका प्रधानमन्त्रीहरु मञ्चमा हुनुहुन्छ । शक्ति यता छ । यहाँको शक्तिले जनताको त्यहाँको शक्तिलाई चिन्नेछ तब देशले मुहार फेर्नेछ । ’

    लामिछानेले आफू भ्रमण वर्षको सफलताको लागि उपस्थित भएको बताए । उनले भरतपुर महानगरमा भएका राम्रा कामको आफूले प्रशंसा गर्ने बताए । उनले भने, ‘भरतपुर भ्रमणको लागि देश र विदेशका सबैलाई आव्हान गर्न चाहन्छु । सिंगो साथ, सहयोग का लागि भूमिका निर्वाह गर्न तयार छु ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.