सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अर्थतन्त्रका सूचक सकारात्मक देखिन थालेका छन्ः अर्थमन्त्री महत


  •    न्युजभित्तो/१८ फाल्गुन २०८०, शुक्रबार १४:४७ 
  • बागलुङ, १८ फागुन । नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताउनुभएको छ । उहाँले आफूलाई नभई देश र जनताको लागि मात्रै सोचेर काम गरेको बताउँदै अर्थतन्त्रको दीर्घकालीन सुधारमा लागेको बताउनुभयो ।

    नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको कार्यक्रता भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले नेपालमा सूचना प्रविधि, पर्यटन र जलविद्युत्मा अथाहा सम्भावना रहेको बताउँदै रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान गइरहेको जानकारी दिनुभयो । उहाँले वर्तमान सरकारले अर्थतन्त्रलाई विस्तारै लयमा फर्काएको सूचकले देखाउन थालेको बताउनुभयो ।

    “म सरकारमा आउँदा आठ प्रतिशत मूल्यवृद्धि थियो, ब्याजदर १६ प्रतिशत थियो, अधिकांश लगानी जग्गा र शेयरमा गरेकाले प्रतिफल नआउँदा समस्या भयो, आर्थिक सुनिश्चितता नहुँदै धेरै योजना ल्याएका थिए, सहकारीलाई लुट्ने माध्यम बनाउन थालिएको थियो”, उहाँले भन्नुभयो, “तर अहिले ब्याजदर एक अङ्कमा ल्याउन थालिएको छ, आर्थिक वृद्धिदर बढ्न थालेको छ, रातारात आर्थिक सुधार नहुने भएकाले विस्तारै अर्थतन्त्र सुधारोन्मुख भएको छ ।”

    वर्तमान सरकार आर्थिक दायित्व भुक्तानी गर्दागर्दै अहिलेको सरकार हैरान परेको अर्थमन्त्री महतले बताउनुभयो । अहिलेको सरकारले तीन करोडभन्दा तलको योजना केन्द्र सरकारले नगरेर प्रदेश सरकारमा पठाउने उहाँको भनाइ छ । अघिल्लो सरकारले हचुवाका भरमा धेरै योजना ल्याउँदा दायित्व भुक्तानी गर्न असहज भएको उहाँको भनाइ छ । नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री महतले भावनाले राजनीति नचल्ने भन्दै राजनीतिक पार्टी भनेको सरकार चलाउने र समृद्धि ल्याउने गरी स्थापना भएको बताउनुभयो ।

    अहिलेको संवैधानिक अवस्थामा बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धनको औचित्य स्थापित हुँदै जानु वास्तविकता रहेको बताउनुभयो । शान्ति स्थापना गर्न नेपाली कांग्रेसले ठूलो भूमिका खेलेको उहाँको भनाइ छ । गठबन्धन परिस्थितिले सिर्जना गरेको बताउँदै उपलब्धि हासिल गर्न र एक्लै बहुमत आउन नसक्ने अवस्थामा गठबन्धन सिर्जना गर्न बाध्य भएको अर्थमन्त्रीको भनाइ रहेको छ । गठबन्धन रणनीतिक विषय भएको उहाँको जिकिर छ ।

    कांग्रेस पार्टीले योग्य व्यक्ति सबैलाई न्याय गर्न नसकेको बताउँदै त्यसका लागि पार्टीमा पहल गर्ने अर्थमन्त्री महतले बताउनुभयो । कांग्रेस एक्लै बहुमत ल्याउने गरी दृढताका साथ अघि बढ्नुपर्नेमा उहाँको जोड थियो । बागलुङको पञ्चकोटमा आयोजना भइरहेको अन्नतश्री बह्माण्डीय महायज्ञअन्तर्गत अर्थसंवाद कार्यक्रममा सहभागी हुन अर्थमन्त्री बागलुङ आउनुभएको हो ।

    यही फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा शिक्षा सम्मेलन, जनप्रतिनिधि सम्मेलन र कानुन सम्मेलनलगायतका विविध कार्यक्रम आयोजना भइसकेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.