सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर घुमेर अभूतपूर्व अनुभव गर्न हार्दिक निमन्त्रणा गर्दछु: मेयर दाहाल


  •    न्युजभित्तो/१८ फाल्गुन २०८०, शुक्रबार १४:४० 
  • चितवन, १८ फागुन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुर घुमेर अभूतपूर्व अनुभव गर्न सबैमा हार्दिक निमन्त्रणा गरेकी छन् ।

    नारायणी किनारमा सञ्चालित भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै भरतपुर आफैमा जिवन्त सङ्ग्रहालको रुपमा रहेकोले घुम्न आमन्त्रण गरेकी हुन् ।

    मेयर दाहालले भ्रमण वर्षबाट सिंगो पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको बताइन् । उनले भनिन्, ‘ अनुपम सुन्दरतायुक्त यस पवित्रभूमि सुन्दर छ । सबै प्राकृतिक संस्कृतिक धार्मिक विविधताहरुले भरिपूर्ण छ । आवश्यक पूर्वाधारहरु तयार गरिरहेका छौं । अविस्मरणीय अनुभवसहित पाँच दिनसम्म घुम्न सकिन्छ ।’ उनले दुर्लभ पाटेबाघ र एक सिंगे गैँडा प्रत्यक्ष हेर्ने व्यवस्था गरिएको बताइन् ।

    मेयर दाहालले आफैमा जिवन्त सङ्ग्रहालयको रुपमा रहेको बताइन् । उनले बोलेर होइन काम गरेर देखाउनुपर्छ भन्ने मान्यतालाई आदर्शरुपमा आफूले अंगिकार गरेको विचार राखिन् । उनले भरतपुर भ्रमण वर्ष सुरुवाती अभियान भएको बताइन् । यसबाट आशपाशको क्षेत्रको समेत समृद्धि हुने विश्वास गरिन् । कार्यक्रममा उपमेयर चित्रसेन अधिकारीले स्वागत मन्तव्य राखेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.