सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टिपरले टाटा सुमोलाई ठक्कर दिँदा ३ जनाको मृत्यु


  •    न्युजभित्तो/१८ फाल्गुन २०८०, शुक्रबार १२:२२ 
  • काठमाण्डौं, १८ फागुन । टाटा सुमोलाई टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । मोरङको बेलबारीमा टिपरले टाटा सुमोलाई शुक्रबार (आज) बिहान ठक्कर दिँदा सुमो चालकसहित तीन जनाको मृत्यु भएको हो ।

    बेलबारी नगरपालिका–३ स्थित पुरानो मालपोत जाने बाटोमा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरूमा झापा कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई र सोही ठाउँ बस्ने ४४ वर्षीय दिपा खनाल रहेको प्रहरीले जानकारी दिएको छ । दुबैको घटनास्थलमै ज्यान गएको हो ।

    सुमो चालक झापा बिर्तामोड २ का ३६ वर्षीय कृष्ण गजुरेलको उपचारका क्रममा मृत्यु भएको हो । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

    ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । अर्को एक जना पनि घाइते भएका छन् । घाइते दुवैको उपचार न्यूरो अस्पताल विराटनगरमा भइरहेको छ ।

    आज बिहान करिब साढे ६ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९६७६ नम्बरको टिपरले पश्चिमतर्फ गइरहेको मे १ झ २८५६ नम्बरको सुमोलाई ठक्कर दिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.