सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यालय बन्द नगरी भ्रमण वर्षको कार्यक्रममा सहभागी हुन महानगरको आग्रह


  •    न्युजभित्तो/१७ फाल्गुन २०८०, बिहीबार १७:०८ 
  • चितवन, १७ फागुन । भरतपुरका सामुदायिक र संस्थागत विद्यालयलाई विद्यालय बन्द नगरी भोलि शुक्रबार हुने भ्रमण वर्षको उद्घाटन शत्रमा सहभागी हुन  महानगरले निर्देशन दिएको छ ।

    भरतपुरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र प्रसाद पौडेलले आज पत्र लेख्दै विद्यालय बन्द नगरी कार्यक्रममा सहभागी हुन निर्देशन दिएका हुन् ।

    महानगरका सबै वडा कार्यालयलाई पत्रको बोधार्थ पढाउँदै महानगरले विद्यालयहरुले ‘व्यवहारिक शुक्रबार’ अन्तर्गत शुक्रबार विभिन्न कार्यक्रम गर्दै आएकोले विद्यार्थीलाई भ्रमण वर्षको कलाकौशलसहितको झाँकीमा सहभागी गराउनु व्यवहारिक दृष्टिले उपयुक्त हुने भएकोले सहभागिताको लागि आग्रह गरेको छ । पत्रमा माध्यमिक तह ९ देखि १२ का विद्यार्थीलाई विद्यार्थीको चाहना र विद्यालयको व्यवस्थापकीय सहजताको आधारमा सहभागी गराउन आग्रह गरेको छ । त्यस्तै कक्षा ८ सम्मका विद्यार्थीहरुलाई विद्यालयमा नै व्यवहारिक सिकाइका क्रियाकलाप गर्ने गराउने महानगरको निर्णय भएको पत्रमा स्मरण गराइएको छ । महानगरले भोलि शुक्रबार विद्यालय बन्द नहुने भएकोले वडा कार्यालयबाट विद्यालय बन्दसम्बन्धी कुनै निर्णय नगराउन पत्रमा जानकारी गराएको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.