विद्यालय बन्द नगरी भ्रमण वर्षको कार्यक्रममा सहभागी हुन महानगरको आग्रह
न्युजभित्तो/१७ फाल्गुन २०८०, बिहीबार १७:०८
चितवन, १७ फागुन । भरतपुरका सामुदायिक र संस्थागत विद्यालयलाई विद्यालय बन्द नगरी भोलि शुक्रबार हुने भ्रमण वर्षको उद्घाटन शत्रमा सहभागी हुन महानगरले निर्देशन दिएको छ ।
भरतपुरको शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र प्रसाद पौडेलले आज पत्र लेख्दै विद्यालय बन्द नगरी कार्यक्रममा सहभागी हुन निर्देशन दिएका हुन् ।
महानगरका सबै वडा कार्यालयलाई पत्रको बोधार्थ पढाउँदै महानगरले विद्यालयहरुले ‘व्यवहारिक शुक्रबार’ अन्तर्गत शुक्रबार विभिन्न कार्यक्रम गर्दै आएकोले विद्यार्थीलाई भ्रमण वर्षको कलाकौशलसहितको झाँकीमा सहभागी गराउनु व्यवहारिक दृष्टिले उपयुक्त हुने भएकोले सहभागिताको लागि आग्रह गरेको छ । पत्रमा माध्यमिक तह ९ देखि १२ का विद्यार्थीलाई विद्यार्थीको चाहना र विद्यालयको व्यवस्थापकीय सहजताको आधारमा सहभागी गराउन आग्रह गरेको छ । त्यस्तै कक्षा ८ सम्मका विद्यार्थीहरुलाई विद्यालयमा नै व्यवहारिक सिकाइका क्रियाकलाप गर्ने गराउने महानगरको निर्णय भएको पत्रमा स्मरण गराइएको छ । महानगरले भोलि शुक्रबार विद्यालय बन्द नहुने भएकोले वडा कार्यालयबाट विद्यालय बन्दसम्बन्धी कुनै निर्णय नगराउन पत्रमा जानकारी गराएको छ ।