संसद भवन बाट नियन्त्रणमा लिइएका ४९ जना लघुवित्त ऋणीलाई छाडियो
न्युजभित्तो/१७ फाल्गुन २०८०, बिहीबार १२:३२
काठमाडौं, १७ फागुन । संसद भवन परिसर छिरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले छाडेको छ । काठमाडौं प्रहरी परिसरले मंगलबार पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा छाडेको हो ।
काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले म्याद थपेर उनीहरुलाई हाजिरी जमानीमा छाडिएको बताए । तीन दिनअघि संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्ने समूह प्रहरीलाई ठेल्दै भवनभित्रै प्रवेश गर्न खोजेको थियो ।