सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमतीमा मुख्यमन्त्री नआएपछि विपक्षीसँगको वार्ता निष्कर्षविहीन, प्रदेशसभा स्थगित


  •    न्युजभित्तो/१६ फाल्गुन २०८०, बुधबार १५:३५ 
  • हेटौंडा, १६ फागुन । बागमतीमा बुधबारका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभा सचिवालयमा सत्तापक्ष र प्रतिपक्षका दलहरुबीचको वार्तामा सहमति हुन नसकेपछि बैठक नै नबसी प्रदेशसभा स्थगित भएको हो ।

    बुधबार विहान साढ ११ बजेका लागि बैठक बोलाइएको थियो । प्रतिपक्षमा रहेका दल नेकपा एमाले र राप्रपाले बैठक अवरुद्ध गर्ने सूचना पाएपछि साढे १ बजेसम्म सरकारले एमाले र राप्रपासँग वार्ता गरेको थियो । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले बुधबारको बैठक स्थगित गरी बिहीवार बस्ने सहमति भएको जानकारी दिए ।

    छलफलमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल सहभागी थिएनन् । उनी मकवानपुरको राक्सिराङ गाउँपालिका खैराङको एक विद्यालयको वार्षिक उत्सव कार्यक्रममा पुगेका छन् ।

    विपक्षी दल नेकपा एमाले र राप्रपाले सहमतिका लागि मुख्यमन्त्री जम्कट्टेलको उपस्थिति अनिवार्य हुनुपर्ने अडान लिएपछि प्रदेशसभा बैठक स्थगित गरिएको छलफलमा सहभागी एक सांसदले बताए ।

    ‘वार्ता सहमति नजिक पुगेको थियो । मुख्यमन्त्रीको उपस्थिति बिना फेरि सहमति हुन सक्दैन भन्ने कुरा आएपछि बैठक स्थगित गरिएको हो । उहाँ आएपछि पुनः वार्ता हुन्छ । सहमति जुटेमा भोलि सदन चल्छ’, ती सांसदले भने ।

    मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले १ असारमा ६२ अर्ब ७० करोडको बजेटमा ल्याएको थियो । तर बजेटमा सत्तारुढ र विपक्षी सांसदहरुबीच विभेद गरेको, प्रभावशाली नेताहरुले गृह जिल्लामा मात्र बजेट थुपारेको भनेर विपक्षी दलहरुले प्रदेशसभा अवरुद्ध गरेपछि सरकारले नेकपा एमाले र राप्रपाका सांसदहरुको छुटेका योजना समेट्ने सहमति गरेको थियो ।

    तर सहमति कार्यान्वयन नभएको भन्दै दुबै दलले विरोध गरेपछि २२ असोजको बैठक स्थगित भयो, सरकारले प्रदेशसभा अधिवेशन नै अन्त्य गरेको थियो ।

    १४० दिनपछि मंगलबार बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक बसेको थियो । मगलबार अधिवेशनको पहिलो दिन शुभकामना दिने क्रममा विपक्षी दलका नेताहरुले सरकार बहाना बनाएर सहमति कार्यान्वयनबाट पन्छिन खोजेको भन्दै आक्रोश पोखेका थिए ।

    गत १८ असारमा बजेट पास गर्ने क्रममा भएको सहमति कार्यान्वयन नगरेर सरकारले बेइमानी गरेको विपक्षी नेकपा एमाले र राप्रपाको आरोप छ ।

    विपक्षी सहमति कार्यान्वयन नगराई नछाड्ने अडानमा र सरकार चालू आर्थिक वर्षमा सहमति कार्यान्वयन गर्न नसक्ने बरु आगामी आर्थिक वर्षमा सम्बोधन गर्ने पक्षमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.