सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने माओवादीको निर्णय


  •    न्युजभित्तो/१६ फाल्गुन २०८०, बुधबार १५:३० 
  • काठमाडौँ, १६ फागुन । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णय गरेको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा माओवादीका तर्फबाट उमेदवारी दिने निर्णय गरेको हो । राष्ट्रियसभा अध्यक्षमा उमेदवारी दिने निर्णयले गठबन्धनमा कुनै असर नपर्ने माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
    त्यस्तै, उनले कांग्रेस महासमिति बैठकको निर्णयबारे बैठकमा छलफल भएको भन्दै आगामी निर्वाचनमा गठबन्धन नगरी एक्लै लड्ने पनि निर्णय यसअघि नै गरिएको उनले बताए ।

    गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन बिषय भएको उनको भनाइ छ । बैठकले चैत्र १ गते गर्ने भनिएको मधेस–तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल पहाड मधेस राष्ट्रिय अभियान वैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । त्यस्तै, बैठकले नेताहरूको कार्यविभाजन पनि गरेको छ । जसअनुसार कोसीको इन्चार्ज हरिबोल गजुरेल, सह–इन्चार्ज सावित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा लीलामणि पोखरेल, सहइन्चार्ज विश्वनाथ शाह, वाग्मतीको इन्चार्ज अग्निप्रसाद सापकोटा, सहइन्चार्ज टुंग्याउन बाँकी, गण्डकीको इन्चार्ज दीनानाथ शर्मा, सहइन्चार्ज हरिराज अधिकारी रहेका छन् ।

    त्यस्तै, लुम्बिनी इन्चार्जमा चक्रपाणी खनाल र सहइन्चार्जमा कुलप्रसाद केसी, कर्णालीको इन्चार्जमा कालीबहादुर मल्ल र सहइन्चार्ज टुंग्याउन बाँकी र सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेल र सहइन्चार्जमा बिना मगर रहेका छन् । विशेष प्रदेश समिति इन्चार्ज हितमान शाक्य र सहइन्चार्जमा यशोधा अधिकारी तोकिएका छन् । वाग्मती र कर्णालीको सहइन्चार्ज भने टुंग्याउन बाँकी रहेको प्रवक्ता सापकोटाले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.