सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्णः प्रधानमन्त्री प्रचण्ड


  •    न्युजभित्तो/१५ फाल्गुन २०८०, मंगलवार १३:४९ 
  • काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताउनुभएको छ ।

    आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै प्रधानमन्त्री दाहालले उहाँको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गर्नुभयो । उहाँले स्व आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको थियो ।
    प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत-सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरुबाट आचार्यप्रति श्रद्धाञ्जलि अर्पण चलिरहेको छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । भजन शिरोमणि उपाधि पाउनुभएका उहाँको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो । आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो ।

    गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत-सङ्गीत क्षेत्रमै हुनुहुन्छ । विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यले चार सयभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ । नेपाली सुगम सङ्गीतमा उहाँको महत्वपूर्ण योगदान छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.