सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अख्तियार र आयोगले डामेका मन्त्रीलाई घर पठाइदिऊँः गगन थापा


  •    न्युजभित्तो/१४ फाल्गुन २०८०, सोमबार १७:१५ 
  • काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार र आयोगले डामेका मन्त्रीहरूलाई घर पठाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले केही दिनदेखि संसदमा एकअर्कालाई दागी देखाउने काम भइरहेको पनि बताए।

    ‘विगत केही दिनदेखि यताकोले उता बसेकाको दागी देखाउने, उताकाले यता बसेकोलाई दागी देखाउने दोहोरी चलिरहेको छ,’ थापाले भने, ‘यही पाराले त न संसद राम्रोसँग चल्ने भयो, मूल विषय पनि छायाँमा पर्ने भयो।’ उनले अख्तियार र आयोगले डामेका झण्डावाला ९मन्त्री०लाई घर पठाउनुपर्ने बताए। ‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने होस्, काखैको होस् कि पाखैको होस्। अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऊँ,’ सांसद थापाले भने।

    केही दिनदेखि संसदमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीको राजीनामा माग भइरहेको छ। उनले छानबिनबाट निर्दोष भएकालाई स्वागत गर्ने र दोषी भएकालाई दण्ड दिनुपर्ने बताए।

    ‘सहकारी ठग्ने। दुई(चार थान नागरिकता राख्नेलाई पनि यहाँ राख्ने घरै पठाइदिएर अनुसन्धान गर्न लगाऊँ। यत्ति गर्न सके के होलारु ,’ उनले भने, ‘निर्दोष भए फर्केर आउनुहोला, फूलमाला लगाएर स्वागत गरौंला। दोषी भए दण्ड बेहोर्नुहोला।’ उनले अलिअलि सफा गर्न सके मिटरब्याज, दुग्ध किसानले मूल्य नपाएका र एनसेल प्रतिवेदनका बारेमा संसदमा सार्थक छलफल गर्न सकिने बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.