सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्रीकै प्रश्न : टीआरसी विधेयक किन पारित भइराखेको छैन ?


  •    न्युजभित्तो/१४ फाल्गुन २०८०, सोमबार १६:२५ 
  • काठमाडौं, १४ फागुन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक’ पारित हुनमा बिलम्ब भएको बताएका छन् ।

    सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले संक्रमणकालीन न्यायसँग जोडिएको यो विधेयक किन अड्किएको छ भनी बोल्न सांसदहरुलाइ समेत आग्रह गरेका छन् । यो विषय राष्ट्रिय सहमति कायम गर्नुपर्ने विषय भएको र सहमतिका लागि सबै पक्ष तयार हुनपर्नेमा उनको जोड छ ।

    ‘‘प्रतिपक्षले पनि राष्ट्रिय आवश्यकतामा सन्दर्भमा सहमति कायम गरेर अगाडि बढ्नुपर्ने विषयहरुलाई सहमतिको विषय बनाउनुपर्छ’ गृहमन्त्री श्रेष्ठले भने, ‘तपाईं हामी सबै बोल्नुपर्यो टीआरसी विधेयक किन पारित भइराखेको छैन रु किन अड्काइराखको छ रु’

    यो विधेयक राष्ट्रिय सहमतिको विषय किन नपरेको भनी प्रश्न उठाउन सांसदहरुलाई आग्रह गर्दै उनले थपेका छन्, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक हामीले पारित गर्नैपर्छ । त्यो ऐन बनेर सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आखयोगलाई पूर्णता दिनैपर्छ र संक्रमणकालीन न्यायको बाँकी कामलाई पूरा गर्नैपर्छ ।

    पीडितलाई न्याय दिने र दिगो शान्ति कायम गर्ने गरी संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउनुपर्ने उनले बताए । यसका लागि उनले अपिल समेत गरेका छन् । उनले भनेका छन्, ‘पीडितहरुलाई न्याय दिने गरी दिगो शान्ति कायम गर्ने गरी अगाडि बढ्नुपर्छ । यसमा राष्ट्रिय सहमति बन्नुपर्छ । यसमा मेरो अपिल छ ।’

    २६ फागुन २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको संक्रमणकालीन न्याय सँग सम्बन्धित विषय एक वर्ष देखि सदनमा बिचाराधीन छ । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले अधिकांश विषयमा सहमति जुटाएतापनि चार वटा विषयलाई मिल्न बाँकी भनी थाँती राखेको छ । मिल्न बाँकी विषयमा समितिले राजनीतिक दलहरुका बीचमा शीर्ष सहमति पर्खिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.