सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्याम्पसको स्तरवृद्धिका लागि धान्याञ्चलबाट १२ करोड सङ्कलन


  •    न्युजभित्तो/१४ फाल्गुन २०८०, सोमबार १५:४९ 
  • बागलुङ, १४ फागुन । पछिल्लो समय गाउँ तथा सहरका समेत सामुदायिक क्याम्पस धरासायी अवस्थामा पुगेका छन् । विद्यार्थी र आर्थिक स्रोतको अभावमा सामुदायिक क्याम्पस सञ्चालनमा समस्या भइरहेको हो ।

    समुदायमार्फत सञ्चालित क्याम्पसमा अहिले विद्यार्थी टिकाउनै मुस्किल छ । आधुनिक शिक्षाको आकर्षण, वैदेशिक रोजगारी र अध्ययनका लागि विद्यार्थी पलायन भइरहेका छन् । जिल्लाको गलकोटमा भने विद्यार्थीलाई गाउँकै क्याम्पसमा आकर्षित गर्न र क्याम्पसको अवस्था सुधार गर्न महायज्ञ गरिएको छ । सो महायज्ञबाट रु १२ करोड सङ्कलन गरिएको छ ।

    विसं २०६१ मा धान्याञ्चल महायज्ञ सञ्चालन गरेर स्थापना गरेको बागलुङको गलकोट बुहुमुखी क्याम्पसलाई समयसापेक्ष स्तरवृद्धि गर्न फागुन ६ देखि १३ गतेसम्म धान्याञ्चल लगाएर रु १२ करोड सङ्कलन गरिएको हो । उन्नाइस वर्ष अगाडि धान्याञ्चल लगाएर रु एक करोड ७५ लाख सङ्कलन गरी स्थापना गरिएको गलकोट बहुमुखी क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर बढाउन धान्याञ्चल लगाइएको गलकोट बहुमुखी क्याम्पसका प्रमुख मुकुन्दसिंह भण्डारीले बताउनुभयो ।

    क्याम्पस स्थापना गर्दा धन्याञ्चलको रकमबाट जग्गा खरिद गरेर भवन निर्माणपछि क्याम्पस सञ्चालन गरिएको उहाँको भनाइ छ । उक्त रकम सकिएपछि आर्थिक अभावका कारण बन्द हुन थालेको क्याम्पसलाई विसं २०७३ देखि गलकोट नगरपालिकाले वार्षिक १० लाख उपलब्ध गराउँदै आएको क्याम्पस प्रमुख भण्डारी बताउनुहुन्छ ।

    महायज्ञमा धेरै दाताहरुले भेटी चढाउनुका साथै मन फुकाएर सहयोग गरेको उहाँको भनाइ छ । महायज्ञबाट सङ्कलन भएको रकमले क्याम्पसको जग्गा व्यवस्थापन गरी संरचना निर्माण गरेर गरिब विपन्न विद्यार्थीलाई आवासीय सुविधा एवं विशेष छात्रवृत्तिको व्यवस्था गर्ने क्याम्पस प्रमुख भण्डारीले बताउनुभयो ।
    “क्याम्पस सञ्चालनका लागि आर्थिक समस्या प¥यो, धान्याञ्चल महायज्ञ लगाएर सङ्कलन गरेको रकमले स्थापना गरेको क्याम्पस अहिले पुनःआर्थिक सङ्कटमा परेपछि विद्यार्थीको आकर्षण पनि कम हुँदै गयो, त्यसैले अहिले महायज्ञ सञ्चालन गरेर क्याम्पसलाई आर्थिकरुपमा मजबुद बनाउने र विद्यार्थी आकर्षित गर्ने गरी शिक्षालाई गुणस्तरीय बनाउने लक्ष्य छ” भण्डारीले भन्नुभयो ।

    क्याम्पसमा हाल व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायमा अध्यापन भइरहेको छ । क्याम्पसलाई स्तरवृद्धि गरी बढ्दो विद्यार्थी पलायनलाई कम गर्न बिएससी एजी, बिआइटी, बिएचएम, बिबिए सहित स्नातकोत्तर अध्यापन गराउने लक्ष्यसहित शैक्षिक ज्ञान महायज्ञ आयोजना गरिएको गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिका सदस्य तथा गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो ।

    उहाँले महायज्ञबाट रु २० करोड रकम सङ्कलन गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । अब क्याम्पसलाई प्रविधिमैत्री बनाउनुका साथै बाहिर गएर पढ्ने विद्यार्थी यहीँ आकर्षित गर्ने बताउनुभयो । हाल क्याम्पसमा दुई सय ९० विद्यार्थी अध्ययनरत छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.