सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटमा दिव्य–भव्य राधाकृष्ण मन्दिर पुनर्निर्माण गर्न महायज्ञ


  •    न्युजभित्तो/१२ फाल्गुन २०८०, शनिबार १३:१३ 
  • चितवन, १२ फागुन । पवित्र तीर्थस्थल देवघाटमा दिव्य–भव्य राधाकृष्ण मन्दिर पुनर्निर्माण गर्न महायज्ञ गरिने भएको छ । यही फागुन १८ गतेदेखि २४ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ महा–महोत्सव गर्न लागिएको हो ।

    महायज्ञ सम्पादन मूल समितिका संयोजक डा.केशव राज भुर्तेलका अनुसार देवघाट गाउँपालिका वडा नं. ५ स्थित हरिहर क्षेत्रमा स्व.पद्मादेवी भुर्तेलले बि.सं. २०४० सालमा निर्माण गर्नुभएको मन्दिरलाई पुनर्निर्माण गर्नका लागि महायज्ञ गर्न लागिएको हो । स्व.दिननाथ भुर्तेलले मन्दिरको थप निर्माण र आश्रम समेत निर्माण गर्नुभएको थियो । उक्त आश्रममा हाल १४ जना बस्दै आउनु भएको छ ।

    उक्त मन्दिर जीर्ण बन्दै गएपछि सोही ठाउँमा दिव्य–भव्य मन्दिर निर्माण गर्ने योजना रहेको संयोजक डा.भुर्तेलले बताउनुभयो । आश्रममा रहेका बृद्धबृद्धाहरुको निःशुल्क स्वास्थ्य उपचार र आवश्यक सेवा व्यवस्थापन समेत गर्ने योजना रहेको उहाँको भनाई छ ।

    ईश्वरकृष्ण महाराजजीको प्रमुख वाचकत्वमा हुने महायज्ञ महामहोत्सवमा रुपन्देही निवासी सुन्दर पाठक प्रमुख कर्ता हुनुहुन्छ । उक्त महायमा सहभागी भई तन, मन र धनले सहयोग गरी पुण्यलाभ गर्नुहुन आयोजक समितिले अनुरोध गरेको छ । महायज्ञ महा–महोत्सव मन्दिर प्राङ्गणमा नै हुनेछ ।

    विश्वकै अतिपवित्रतम देवघाट क्षेत्रमा हुने यस किसिमको महामहोत्सवमा सहभागी हुँदा मात्रै पनि पुण्य प्राप्त हुने विश्वास गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    • हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.