सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारलाई एमालेको जवाफ- सदनमा विधेयक पेस गर्न प्रतिपक्षले बहुमत पुर्‍याइदिने होइन


  •    न्युजभित्तो/११ फाल्गुन २०८०, शुक्रबार १५:२० 
  • काठमाडौं, ११ फागुन । नेकपा एमालेका सचेतक महेश बर्तौँलाले प्रतिपक्षले नभइ सत्तापक्षकै सांसदहरूको कारणले संसद अवरोध भएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको आरोप-प्रत्यारोपछि बैठक स्थगित भएपछि आज संसद् प्रमुख प्रतिपक्ष दलले अवरोध नगरेको प्रष्ट पारे ।

    उनले भने, ‘संसदलाई गलत दिशातर्फ लाने काम सत्तापक्षकै सांसदहरूले गर्नुभएको छ । संसदमा प्रतिपक्षले सरकारलाई खबरदारी गर्न पाउँछ कि पाउँदैन रु सरकारले कानूनभन्दा बाहिर गएर जे गतिविधि रहेका छन् । हामीले सभामुखमार्फत् सरकारलाई प्रश्न गरिरहेका छौं । प्रतिरक्षाको लागि प्रधानमन्त्री र मन्त्रीहरु संसद्‍मा आउनुहुन्न । प्रतिरक्षाका लागि सत्तापक्षका सांसदहरू पाखुरा सुर्केर आउनुहुन्छ । त्यो दुखद् हो ।’

    उनले संसद्‍मा छलफलको लागि एक चौथाइ सामर्थ्य नदेखाउने सरकार अनि प्रतिपक्षलाई प्रश्न गर्न मिल्छ रु भन्दै प्रश्न गरे ।

    ‘सरकार बहुमतमा छ भन्ने अनि हामीले बहुमत पुर्‍याइदिनुपर्ने रु’, उनको तर्क छ । सांसदहरूबीचको आरोप प्रत्यारोपछि १५ मिनेटका लागि स्थगित भएको बैठक अझै सुरू हुन सकेको छैन। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.