अवैध रूपमा अमेरिका पुगेका ८ नेपालीलाई स्वदेश फर्काइयो
न्युजभित्तो/११ फाल्गुन २०८०, शुक्रबार १५:०२
काठमाडौं, ११ फागुन । अमेरिका प्रवेश गरेको आठ जना नेपाली स्वदेश फर्काइएको छ। अवैध बाटो भएर अमेरिका प्रवेश गरेको आठ जनालाई हिजो ९बिहीबार० दिउँसो साढे ३ बजेतिर नेपाली स्वदेश फर्काइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमालले अवैध रूपमा छिरेको पाइएपछि अमेरिका पुगेका ८ जनालाई नियन्त्रणमा लिएर स्वदेश फर्काइएको जानकारी दिए । उनीहरूलाई चार्टर्ड विमानमार्फत् नेपाल फर्काइएको हो।
उनीहरू के कति रूपैयाँ खर्च गरेर त्यहाँ पुगेका हुन् खुल्न बाँकी रहेको अध्यागमन कार्यालयले जानकारी दिएको छ।