सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्रपा नेताहरुले प्रधानमन्त्रीलाई बुझाए ४०बुँदे मागपत्र


  •    न्युजभित्तो/९ फाल्गुन २०८०, बुधबार १६:५० 
  • काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई ४०बुँदे मागपत्र बुझाएको छ । बुधबारदेखि आन्दोलन थालेको राप्रपाका नेताहरुले सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र बुझाएका हुन् ।

    ‘देश यस्तो अवस्थामा पुग्यो कि यही सहन सक्दैन । नवीन सम्झौता गरेर देशलाई नयाँ बाटोमा लैजानुपर्यो भनेका छौं’ प्रधानमन्त्रीलाई भेटेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘प्रधानमन्त्रीले सकारात्मक रुपमा लिनु भएको छ ।’

    उनका अनुसार राप्रपाले उठाएको राजनीतिक मुद्दामा प्रधानमन्त्री प्रचण्डले ‘सम्भावनाको विषय हो, मेरो कुनै टिप्पणी छैन’ भनेका छन् । तर आफूहरुले भने ४०बुँदेलाई मागको रुपमा मात्र नलिन आग्रह गरेको लिङ्देनले सुनाए ।

    लिङ्देनका अनुसार ४० बुँदे मागलाई लिएर राप्रपाले शान्तिपूर्ण आन्दोलन गर्दै जाने छ । तर आफूहरुको मागलाई बेवास्ता गरे आन्दोलनलाई कठोर बनाउँदै लैजाने उनले बताए ।

    राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘राप्रपाले शान्तिपूर्ण ढंगले प्रदर्शनहरु अगाडि बढाउँदै लैजान्छ तर त्यसलाई उपेक्षा गरियो भने कठोर बन्दै विद्रोहसम्म जान सक्छ ।’ आन्दोलन उत्कर्षमा पुगे प्रदेशसभा मात्र होइन, प्रतिनिधिसभा पनि त्यागेर जाने समेत उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.