सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एम्बुलेन्स चोरेर फरार भए अस्पतालमा उपचाररत एक बिरामी


  •    न्युजभित्तो/९ फाल्गुन २०८०, बुधबार १६:३९ 
  • काठमाडौँ, ९ फागुन । उक्त घटना अमेरिकाको भर्जिनियास्थित एक अस्पतालमा सोमबार भएको हो । इनोभा फेयरफ्याक्स अस्पतालमा उपचाररत बिरामीले सोही अस्पतालमा रहेको एउटा एम्बुलेन्स चोरेर भागेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

    स्थानीय प्रहरीले एम्बुलेन्स चोरी गरेर भागेका बिरामीको तस्बिर सार्वजनिक गरेको छ, जुन तस्बिर उनी भाग्दै गरेको अवस्थामा लिइएको हो । एम्बुलेन्स चोरेर फरार भएका बिरामीको पहिचान ३२ वर्षीय रिकी लोवेका रुपमा गरिएको छ ।

    प्रहरीका अनुसार उनी दुर्घटनामा परेर उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । आफैँले चलाएको गाडी दुर्घटनामा परेपछि उनी उपचाररत थिए । प्रहरीका अनुसार उनको गाडीबाट दुई वटा बन्दुक र केही लागु औषध बरामद भएको थियो ।

    आफू कारबाहीमा पर्ने भएपछि उनी अस्पतालबाट भागेको हुन सक्ने आकलन गरिएको छ । प्रहरीका अनुसार उनले चोरेको एम्बुलेन्स भने फेला परेको छ । उनको खोजतलास जारी रहेको प्रहरीको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.