सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साग बेचेर नवलपरासीका महतो दम्पतीले ३ महिनामै कमाए ३ लाख


  •    न्युजभित्तो/६ फाल्गुन २०८०, आईतवार १५:४५ 
  • नवलपरासी, ६ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–७ का लक्ष्मी महतो दम्पतीले पालुङ्गो (खोले) सागखेती गरेर मनग्य आम्दानी गरिरहनुभएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गो सागखेती गर्दै आउनुभएको महतो दम्पतीले वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

    सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले मङ्सिरदेखि चैतसम्म राम्रो आम्दानी दिने किसान लक्ष्मीले बताउनुभयो । केही वर्षअघिसम्म चैते धान लगाउने गरेकामा विगत दुई वर्षदेखि पालुङ्गे साग लगाउन थालेको उहाँले बताउनुभयो । पालुङ्गे सागमा सामान्य जैविक मल प्रयोग गर्ने गरेको र चैते धानभन्दा यसले जीविकोपार्जनमा राहत पुर्‍याएको उहाँको भनाइ छ ।

    महतो दम्पतीले साग बिक्री गरेर यामअनुसार तीन महिनामा नै तीन लाख रुपैयाँसम्म आम्दानी गर्नुभएको छ । माघमा मात्र पहिलो पटक काटिएको सागबाट ८० हजार रुपैयाँभन्दा धेरै आम्दानी गरिसकेको लक्ष्मीले बताउनुभयो । मङ्सिरमा लगाएको पालुङ्गे साग चैतसम्म उत्पादन हुने गर्दछ । खोलामा खेर गइरहेको पालुङ्गे सागलाई पहिलो पटक दुई वर्षअघि बिक्रीका लागि बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उहाँले जानकारी दिनुभयो ।

    गर्मी मौसममा अन्य साग उत्पादन कमै हुने भएकाले पनि पालुङ्गे सागको माग अझ बढ्ने गरेको छ । एक पटक काटिसकेपछि पनि निरन्तर उम्रिने भएकाले लगानी र मेहनत कम पर्ने हुँदा किसानले यसबाट राम्रो फाइदा लिन थालेका हुन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.