गोली हानी महिला प्रहरीको हत्या, प्रहरी हवलदार श्रीमान पक्राउ
न्युजभित्तो/४ फाल्गुन २०८०, शुक्रबार ११:५०
काठमाडौं, ४ माघ । दाङमा ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि गोली प्रहार भएको छ। घोराहीको दामोदर चोकमा ड्यूटी गरिरहेकी प्रहरी जवान धनमाया थापामाथि बिहीबार साँझ ७ बजेतिर गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
तीन राउण्ड पेस्तोलको गोली चलाइएको र गोली प्रहारबाट थापाको मृत्यु भएको छ ।
महिलामाथि गोली प्रहार गर्ने व्यक्ति उनकै श्रीमान् यमबहादुर झाक्री रहेको प्रहरीले जनाएको छ । प्रहरी हवलदार यामबहादुर नेपालगन्जमा कार्यरत थिए ।
मोटरसाइकलमा आएका यामबहादुरले धनमायालाई गोली हानेर भागेका थिए । भाग्दै गरेका उनलाई प्रहरीले लमही अर्जुनखोलाबाट पक्राउ गरेको हो ।
गोली हान्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।