बस्तीमा पसेको चितुवाले गर्यो आक्रमण, ट्यांकीमा डुबेर मृत्यु
न्युजभित्तो/३ फाल्गुन २०८०, बिहीबार ११:२३
काठमाडौँ, ३ फागुन । मकवानपुरको पालुङमा चितुवाले मानिसलाई आक्रमण गरेको छ । थाहा नगरपालिका–२ पालङुमा आज साँझ ६ बजेतिर चितुवाले आक्रमण गरेको हो ।
साँझतरि स्थानीय हेमन्त ढकाल कुकुर साथमा लिएर घरबाहिर निस्कनुभएको थियो । एक्कासी देखा परेको चितुवाले कुकुरलाई आक्रमण गर्यो । कुकुरलाई जोगाउनेक्रमा चितुवाले ढकालको हातमा चिथोरेको हो ।
त्यसपछि स्थानीयले लखेट्ने क्रममा भाग्दै गर्दा सेप्टी ट्यांकीमा डुबेर चितुवाको मृत्यु भएको छ ।