सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मनकारी व्यवसायी पण्डितले जन्मदिनमा गरे विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग


  •    न्युजभित्तो/२ फाल्गुन २०८०, बुधबार १६:१६ 
  • चितवन, २ फागुन । चितवनका मनकारी व्यवसायी उपेन्द्र पण्डितले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई विद्यालय पोशाकसहित एक बर्षलाई पुग्ने शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

    भरतपुर महानगरपालिका वडा नम्बर ६ गितानगर निवासी उपेन्द्र पण्डितले आफ्नो पुख्यौली थलो तनहुँको रतनपुर पुगेर त्यहाँ स्थित एक विद्यालयमा सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

     

    उवासंघ चितवनका कार्य समिति सदस्य समेत रहेका व्यवसायी पण्डितले भानु नगरपालिका वडा नम्बर १२ स्थित राष्ट्रिय जलदेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई आज (बुधवार) विद्यालय पोशाक, शैक्षिक सामाग्री, सरसफाइका सामाग्री र विद्यालयलाई आवश्यक नक्सा, ग्लोब जस्ता शैक्षिक सामाग्रीहरु आफ्ना माता पिता, श्रीमती र छोराछोरीसहितको उपस्थितीमा हस्तान्तरण गरेका थिए । यस्तै सोही अवसरमा प्रेस चौतारी चितवनको भवन निर्माणका लागि अध्यक्ष सुवास पण्डितलाई नगद २५ हजार रुपैया सहयोग रकम समेत हस्तान्तरण गरेका थिए ।

    सो विद्यालयमा ३८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । ती विद्यार्थीलाई एक वर्षलाई पुग्ने शैक्षिक र सरसफाईका सामाग्रीहरु वितरण गरेको पण्डितले बताए। यससंगै विद्यार्थीलाई खाजाका लागि विस्कुट लगायतका खाद्य सामाग्री पनि प्रदान गरेका थिए। पण्डितले विद्यालयका प्रध्यानाध्यापक रिना गुरुङ्लाई ग्लोब, नक्सा लगायतका शैक्षिक सामाग्री समेत प्रदान गरेका थिए । शैक्षिक सामाग्री हस्तान्त्रण्न कार्यक्रममा बोल्दै पण्डितले भने, “मैले आफ्नो जन्मदिनमा फजुल खर्च घटाएर आफ्नो पुर्खयौली थलोका विद्यार्थी र विद्यालयलाई सहयोग गरेको हुँ ।” विद्यालयका प्रध्यानाध्यापक गुरुङ्ले विद्यार्थी र विद्यालयलाई अत्यावश्यक सामाग्रीहरु वितरण गरेर निकै सहयोग पुगेको बताइन् । सक्नेले आफ्नो जन्मदिन यसरी नै मनाएमा विपन्नलाई सहयोग पुग्ने उनको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.