सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जना पक्राउ


  •    न्युजभित्तो/१ फाल्गुन २०८०, मंगलवार १६:४७ 
  • काठमाडौं, १ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन्। सोमबार काठमाडौंबाट दुबई प्रस्थान गर्न लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्बर २ की १९ वर्षीया सुस्मिता गोले र ३४ वर्षीया माइला स्याङ्बो पनि पक्राउ परेका हुन् ।

    विमानस्थलको प्रस्थानमा ब्यागेज चेकिङको क्रममा सुस्मिताको झोलाबाट विभिन्न दरको एक लाख ४९ हजार साउदी रियाल र १० हजार युएई दिराम फेला परेको थियो।

    लुकाएर बाह्य मुलुकमा लैजान लागेको अनुमानमा प्रहरीले सुस्मितालाई पक्राउ गरेको थियो। उनीमाथि सोधपुछ गर्दा माइला स्याङ्बोले दिएको भन्ने खुलेपछि विमानस्थल गेटबाट माइलालाई पनि पक्राउ गरेको हो।

    उनीहरूलाई थप अनुसन्धानका लागि मंगलबार राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाएको प्रहरीले जनाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.