सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यालयको अक्षयकोषमा २३ लाख सङ्कलन


  •    न्युजभित्तो/१ फाल्गुन २०८०, मंगलवार १३:३५ 
  • सोलुखुम्बु, १ फागुन । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ स्थित केदार माध्यमिक विद्यालयको अक्षयकोषमा रू २३ लाखभन्दा धेरै रकम सङ्कलन भएको छ ।

    विद्यालयले चार महिनाको अवधिमा रू २३ लाख ३६ हजार आठ सय ८२ रकम सङ्कलन गरेको हो । गत असोज २७ गतेदेखि रू ३६ लाख रकम सङ्कलन गर्ने उदेश्यका साथ सुरु गरिएको कोषमा दुई सय चार दाताबाट उक्त रकम सङ्कलन भएको विद्यालयका सूचना अधिकारी सुवास भण्डारीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार रू १० हजारभन्दा माथि सहयोग गर्ने एक सय ४७ र रु १० हजारभन्दा कम सहयोग गर्ने ५७ जना रहेका छन् । राष्ट्रिय वाणिज्य बैंकमा रहेको उक्त अक्षयकोषको रकमलाई मुद्दतीमा जम्मा गर्ने र ब्याजको ९० प्रतिशत रकम शैक्षिक गुणस्तर अभिवृद्धिमा खर्च गर्ने तथा १० प्रतिशत साँवामा गाभिने कार्यविधि बनाइएको विद्यालयले जनाएको छ ।

    अक्षयकोषमा सबैभन्दा धेरै नेचासल्यान–४ घर भई हाल बेलायतमा बस्दै आएका खड्कसिंह राईले रु एक लाख ५० हजार सहयोग गर्नुभएको थियो । अक्षयकोषमा नेपालको पश्चिम क्षेत्रबाट सहयोग प्राप्त भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज कट्टेलले बताउनुभयो । सो विद्यालय गत आर्थिक वर्ष कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट जिल्लाकै उत्कृष्ट घोषित भई रू १४ लाख ५० हजारसहित पुरस्कृत भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.