न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको मृत्यु, ५ जना घाइते
न्युजभित्तो/१ फाल्गुन २०८०, मंगलवार १३:१०
काठमाडौं, १ फागुन । न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारी अनुसार अपरान्ह करिब ४ः३० बजे गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको हो ।
गोली लागेर घाइते भएका चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घटनाबारे अनुसन्धान जारी छ ।