सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहाड छिचोलेर पानी आउँदा दङ्ग छन् रोमनटारका बासिन्दा


  •    न्युजभित्तो/२९ माघ २०८०, सोमबार १७:०८ 
  • चितवन, २९ माघ । सधैँ सुक्खा रहने हेटाँैडा उपमहानगरपालिका–१२ रोमनटारका बासिन्दा अहिले खोलाबाट एक सय ३५ मिटर पहाड छिचोलेर जग्गामा पानी पुग्दा दङ्ग छन् ।

    कोदो र मकैमात्रै उत्पादन हुने यस क्षेत्रमा सिँचाइको व्यवस्था भएसँगै स्थानीयले बारी बिराएर विभिन्न किसिमका खेती गर्दै आएका छन् । स्थानीय पुरुषोत्तम पुडासैनी अहिले आफ्नै बारीमा व्यस्त हुनुहुन्छ । सिँचाइको सुविधा भएपछि अहिले उहाँलाई आलु भित्र्याउन भ्याइनभ्याइ छ ।

    उहाँले भन्नुभयो, “यो जग्गामा पानी आएर सिँचाइ हुन्छ जस्तो लागेको थिएन, अहिले त हामी हर्षित छौँ ।” सिँँचाइको अभावका कारण घर चलाउन लामो समयसम्म वैदेशिक रोजगारीमा गएको सुनाउँदै उहाँले अब भने यही कृषि कर्ममा रमाउने बताउनुभयो । उहाँले भन्नुभयो, “मकै र कोदो लगाउने हामीले यस वर्षदेखि धानखेती गर्न पाएका छौँ, आफ्नै उत्पादनले छ महिनासम्म पनि खान नपुग्ने हामीलाई अहिले धान उत्पादन हुन थालेपछि खानका लागि सस्सया नहुने भएको छ ।”

    सिँचाइको व्यवस्था भएपछि आफूले २६ क्विन्टल आलु बिक्री गरिसकेको जनाउँदै उहाँले अझै १० क्विन्टल आलु बिक्रीका लागि तयारी भइरहेको बताउनुभयो । अहिले यहाँका स्थानीयले गहुँ, मकै, तोरी, धान र तरकारी लगाउने गरेका छन् ।

    रोमनटार लिफ्ट सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष हीरामणि चौलागाईं आफ्नो विसं २०५८ देखिको प्रयास अहिले आएर सफल भएको बताउनुहुन्छ । सिँचाइका लागि केही स्थानमा पाइप जडानको काम बाँकी रहे पनि गत साउनदेखि आयोजनामार्फत सिँचाइका लागि पानी कृषकको घर आँगनमा आउँदा निकै हर्षित भएको उहाँले बताउनुभयो ।

    चौलागाईंले भन्नुभयो, “आकाशे पानीका भरमा बस्नुपर्ने हामीले अहिले सिँचाइका लागि कुनै समस्या छैन ।” चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले सिँचाइको व्यवस्था गरेसँगै यस क्षेत्रको एक सय ५० बिघा सुक्खा क्षेत्र सिञ्चित भएको उहाँले बताउनुभयो ।

    ठूलो खडेरीमा यस क्षेत्रमा मकै लगाउन नपाउने यहाँका कृषक अहिले तीन बाली खेती गर्न थालेका छन् । सिँचाइबाट दुई सय परिवारभन्दा बढी लाभान्वित भएका छन् । सिँचाइका लागि सीताकाली खोलाबाट पहाड छिचोलेर पानीको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “अहिले हामीले तरकारीखेती गरिरहेका छौँ, अब मकै, धानलगायत बाली समयमा नै लगाउन पाउनेछौँ ।” सिँचाइको सुविधाले जिल्ला बाहिर रहेका छोराबुहारीलाई गाउँ बोलाउने तयारीमा रहेको उहाँले बताउनुभयो ।

    चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले खोलाको पानीलाई केन्द्रिकृत गरेर सिँचाइको व्यवस्था गरिएको बताउनुभयो । रु एक करोड २० लाखको लागतमा पहाडमा पानी पु¥याउन सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एमएस केसिङ प्रणालीबाट सिँचाइको व्यवस्था गरिएको छ ।” त्यसमा फलामको बाकस बनाएर खोलाको पानीलाई सञ्चित गरेर जमिनमुनि पाँच मिटर गहिरो खाल्डो खनी पाइपका माध्यमबाट पानी पहाडी क्षेत्रमा पु¥याइएको उहाँले जानकारी दिनुभयो ।

    यस्तै मकवानपुरको बकैया गाउँपालिकामा रहेको नयाँ दमार उपभोक्ता समितिले निर्माण गरेको आयोजना र बागमती गाउँपालिकामा राईगाउँ बजार लिफ्ट सिँचाइ आयोजनाले निर्माण गरेको आयोजना पनि सम्पन्न भएका छन् । अन्य दुई आयोजना निर्माणको चरणमा रहेका छन् । आर्थिक वर्ष २०७९÷८० को योजनाअनुसार काम गरिएको उहाँको भनाइ छ । पानीको अभावका कारण सिँचाइको सुविधा पाउन नसकेका जनतालाई सिँचाइको व्यवस्था मिलाएर कृषि उत्पादनमा आकर्षित गर्न लागेको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.