सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अफ्रिकन स्वाइन फिभरको प्रकोप : १७ हजार बङ्गुर मरे, ५० करोडको नोक्सान


  •    न्युजभित्तो/२९ माघ २०८०, सोमबार १३:१६ 
  • पोखरा, २९ माघ । अफ्रिकन स्वाइन फिभरका कारण डेढ वर्षमा गण्डकी प्रदेशमा झन्डै १७ हजार बङ्गुर मरेका छन् । २०७९ साउन अन्तिम देखि हालसम्म १६ हजार ५ सय ४५ बङ्गुर मरेका तथ्यांक पशु सेवा निर्देशनालय गण्डकीले जनाएको छ । त्यसमध्ये कास्कीमा मात्रै १५ हजार ३ सय ३८ वटा मरेका हुन् ।

    यो अवधिमा २ पटकसम्म रोग देखिएको निर्देशक प्रेरणा सेढाईंले जानकारी दिइन् । उनका अनुसार केही फार्म बाहेक सबैतिर रोग फैलिएको छ । शरीरमा निलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्ने, तुहिने जस्ता समस्या देखिएका उनले बताइन् । ञरोगी सुँगुर, बङ्गुर, जङ्गली बँदेलसँग सम्पर्कबाट सरेका छन् । होटल र भोजभतेरबाट ल्याइएका जुठो खानाले पनि यो समस्या बढेको छ,झ उनले भनिन्, ञगण्डकीमा निकै ठुलो क्षति भएको छ ।

    निर्देशनालयका अनुसार किसानको ५० करोड जति नोक्सान भएको छ । दोस्रो आउटब्रेकपछि कास्कीमा ५५, तनहुँमा ३०, लमजुङ १४, गोरखामा १३ वटा गरी १ सय १२ वटा बङ्गुर मरेका छन् । ञयसपालि क्षति कम छ । रोग नभएर होइन, बङ्गुर नै नभएर हो,झ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले भने, ञरोग फैलिनुअघि ५० हजार हाराहारी बङ्गुर थिए । अहिले मुश्किलले ५ हजार छन् ।

    उनले खोप नआउँदासम्म बङ्गुरको सङ्ख्या घटाउँदै लैजाने सुनाए । ञअहिले किसानको मनोबल गिरेको छ । उनीहरूलाई पुनः स्थापना गराउनुपर्छ,झ उनी भन्छन्, ञसरकारले बजेट विनियोजन गरेको छ । रोग नियन्त्रण नहुँदासम्म सङ्ख्या थप्न सकिँदैन ।

    खासगरी कास्की, तनहुँ, गोरखा, नवलपुर लगायत जिल्लामा बङ्गुर पालन बढी छ । सरकारले अफ्रिकन फिभरका कारण बङ्गुर मरेका किसानलाई प्रतिगोटा ४ हजार रूपैयाँ पाठा किन्न सहयोग गर्ने जनाएको छ । ञरोग लागेपछि बङ्गुर मर्ने दर सत प्रतिशत छ । तथ्याङ्क भन्दा अरू बङ्गुर पनि मरेका छन्,झ वरिष्ठ पशु विकास अधिकृत बालकुमार श्रेष्ठले भने, ञभ्याक्सिनले पनि काम गरेन । बिउ बाहेक सबै सिद्ध्याउनुपर्ने अवस्था छ । बङ्गुर नबढाउन किसानलाई आग्रह गरेका छौँ ।

    पछिल्लो समय बङ्गुर पालन र प्रयोग बढ्दो छ । सरकारले नै गण्डकीलाई मासुमा आत्मनिर्भर बनाउने घोषणा सहित कार्यक्रम सञ्चालन गरिरहेको छ । करोडौँ लगानी एउटै व्यवसायीले गरेका छन् । तर गण्डकीभरि बङ्गुरपालनमा कति लगानी छ भन्ने विवरण सरकारसँग छैन । प्रदेशले रामदी र मुग्लिनमा क्वारेन्टिन बनाउने भनेपनि अझै बनेको छैन । जसका कारण प्रदेश भित्रिने पशुहरू असुरक्षित छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.