सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कास्कीको माछापुच्छ्रेमा ‘एक परिवार एक करेसाबारी’ अभियान


  •    न्युजभित्तो/४ कार्तिक २०७६, सोमबार १५:५४ 
  • कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको एउटा वडाले तरकारीमा आत्मनिर्भर हुने योजना अघि सारेको छ । पर्यटकीय गाउँको रुपमा विकास हुँदै गरेको वडा नं ९ मा ‘एक परिवार एक करेसाबारी अभियान’ मार्फत प्रत्येक घरधुरीले तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

    प्रसिद्ध माछापुच्छ्रे नमूना पदयात्रा मार्गको प्रस्थान विन्दुको रुपमा रहेको वडामा वर्षेनी स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या वृद्धि भइरहेको अवस्थामा बजारबाट तरकारी आयात गर्नुपर्ने बाध्यता अन्त्य गर्न प्रत्येक परिवारले तरकारी उत्पादन गर्ने गरी अभियान शुरु गरिएको बताइएको छ ।

    अभियानअन्तर्गत वडाका सबैको घर/घरमा करेसाबारी बनाइने भएको छ । वडाका पर्यटकीय गाउँ घलेल, कुइबाङ, सैंतीघट्ट, चित्रेश्वाँरा, प्रुम्धु, तक्रो, इमु, सिधिङलगायत पर्दछन् । वडामा ३२६ घरधुरी रहेकोमा प्रत्येक परिवारलाई अभियानमा जोडिने र उत्पादनमा लगाउने योजना अघि सारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताउनुभयो ।

    प्रत्येक घरमा करेसाबारी बनाउने लक्ष्य लिइएको अभियानलाई तीन चरणमा विभाजन गरिएको छ । पहिलो चरणमा सहकारी गठन, दर्ता र व्यवस्थापनको काम गरिने भएको छ भने दोस्रो चरणमा करेसाबारी निर्माणदेखि अनुगमनसम्मका काम गरिने तथा तेस्रो चरणमा व्यावसायिक तरकारी उत्पादनसँगै निर्यात गर्नसक्ने बनाएर वडालाई अर्गानिक तरकारी पकेट क्षेत्र घोषणा गरिने लक्ष्य रहेको क्षेत्रीको भनाइ थियो ।

    अभियानअन्तर्गत १४ वटा नर्सरी विकास, भकारो सुधार, खोर सुधारलगायतका कार्यक्रम गरिने र त्यसका लागि रु ११ लाख ९२ हजार बजेट विनियोजन गरिएको छ । “घरका करेसाबारी बाँझै छन्, बजारबाट तरकारी आयातका लागि मासिक लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता छ”, “पर्यटकीय गतिविधि बढेसँगै तरकारीमा आत्मर्निभर बन्दै थप आयआर्जन वृद्धि गर्ने उद्देश्य हो”, क्षेत्रीले भन्नुभयो ।

    स्थानीयले करेसाबारी भए पनि तरकारी नलगाउने बरु जमिन बाँझै राख्ने गरेकाले वडा हुँदै गाउँपालिकासम्मलाई समृद्ध बनाउने योजना रहेको गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले बताउनुभयो । गाउँपालिकाले अघि सारेको ‘पर्यटन, कृषि, उर्जा र पूर्वाधार, समृद्ध माछापुच्छ्रेको मूल आधार’ नारालाई सार्थक बनाउन ‘एक परिवार एक करेसाबारी’ अभियानले सघाउने विश्वास व्यक्त गर्दै उहाँले गाउँकै करेसाबारीबाट अर्गानिक तरकारी टिपेर खान पाउने अवस्था रहेमा पर्यटकको आगमन पनि बढ्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.