सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हुम्लामा आइपुग्यो पोषण तत्व मिसाइएको खाद्यान्न


  •    न्युजभित्तो/२६ माघ २०८०, शुक्रबार १५:३० 
  • सिमकोट, २६ माघ । हिमाली जिल्ला हुम्लामा पैदल मार्गबाट पोषण तत्व मिसाइएको खाद्यान्न भएर आइपुगेको छ ।

    उपभोक्ताहरुले धेरै वस्तु उपभोग गर्दा भिटामिन र खनिज प्राप्त हुने भए पनि एकै खालको खाना खाने हिमाली जिल्लाका महिना तथा बालबालिकाहरूलाई पोषण तत्व नपाइने भएको कारण खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले यस पटकबाट सो खाद्यन्न जिल्लामा पठाउने ब्यवस्था गरेको हो ।

    कर्णालीका हिमाली जिल्लाहरुमा पठाउने पोषण तत्व मिसाइएको खाद्यान्नमध्ये हुम्ला जिल्लामा पाँच सय क्विन्टल खाद्यान्न शाखामा पैदल मार्गबाट ढुवानी भएर आइपुगेको लिमिटेड हुम्ला शाखाका नायव सुब्बा नविन आचार्यले बताए ।

    यो खाद्यान्न नियमित कोटा कै खाद्यान्नबाट आउनेछ । कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लाहरूमा आपुर्ती गरिने खाद्यान्नमा पोषण तत्व मिसाएर पठाउने कार्य खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले गरेको हो ।

    लिमिटेडको राजापुरस्थित आफ्नै मिलमा उत्पादित चामलमा भिटामिन, खनिज, फोलिक एसिड मिश्रणबाट तयार पारिएको चामलको आकारमा कर्नेलहरू ९एफआरके० मिसाइएको हो । उनले पोषण तत्व मिसाईएको चामल आई पुगेको र सो खाद्यान्न हाललाई सिमकोट गाउँपालिका( ५ र ७ का छनौट भएका सेवाग्राहीलाई बिक्री गरिने बताए ।

    विश्व खाद्य कार्यक्रमले गरेको अध्ययनमा यी दुवै वडामा स्थानीयमा कुपोषण देखिएको थियो । यो पोषण तत्व मिसाउने कार्यमा पनि कार्यक्रमले सहयोग गरी रहेको छ ।

    सो खाद्यन्न लिमिटेडको शाखाले हाल कै परल मूल्यमा सो चामल बिक्री गर्नेछ । दुई वर्षका लागि कर्णालीका हिमाली तथा पहाडी जिल्लाहरु हुम्ला, डोल्पा, मुगु, जुम्ला, र कालिकोटका लागि ७२ हजार क्विन्टल खाद्यन्न पोषण तत्व मिसाइएको खाद्यान्न पठाएर बिक्री गरिनेछ ।

    यसले स्थानीयको पोषणमा सुधार आउने विश्वास लिमिटेडले गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.