बागलुङ, १९ माघ । गलकोट नगरपालिका–७ झिर्कास्थित आधारभूत विद्यालय अहिले कक्षा ३ सम्म मात्रै चलेको छ । यहाँका विद्यार्थीलाई कक्षा ४ देखि जनहित मावि मल्लमा आउनुपर्छ । नगरपालिकाले गाडीको व्यवस्थापन गरेर आउने जाने गराएको छ । वडा १० को ढुंगेल आधारभूत विद्यालय बन्द भएपछि त्यहाँका विद्यार्थीले पाण्डवखानी मावि पढ्न आउनुपर्छ । विद्यार्थी शून्यनजिक पुगेकोले विद्यालय मर्ज गर्नु परेको नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले बताए ।
वडा ७ कै देउराली आधारभूत विद्यालय पनि बन्द भएपछि त्यहाँ पढ्ने १५ जना विद्यार्थी जनहित मावि मल्लमा गएका छन् । वडा २ को चौराहा आधारभूत विद्यालय बन्द गरेर चौराहा माविमा पठाइएको छ । सापकोटाका अनुसार गत वैशाखदेखि ५ विद्यालय मर्ज गरिएको छ भने ७ विद्यालयको तह मिलान भएको छ ।
विद्यालय बन्द जगेडा भएका शिक्षकलाई नगरपालिकाले आवश्यकताका आधारमा स्थानान्तरण गरेको छ । ‘दरबन्दी नभएर निजीस्रोतमा राखेका विद्यालयले शिक्षक पाएका छन्,’ सापकोटाले भने, ‘अभिभावकको अनावश्यक खर्च जोगियो ।’
निजीस्रोतको शिक्षक राखेका जनहित मावि, चौराहा मावि, पाण्डवखानी मावि जस्ता विद्यालयलाई सहज भएको अभिभावकले बताए । विद्यालय मर्ज गर्दा गुणस्तर सुधारमा समेत सहज भएको सापकोटाको भनाइ छ । ‘आवश्यक शिक्षक कोटा पुगेपछि हामीले गुणस्तर सुधारका कार्यक्रम ल्याउन पाएका छौं,’ उनले भने, ‘शिक्षककालागि मासिक रकम बुझाउने अभिभावकले गुणस्तर सुधारकालागि खुसीले साथ दिन पाएका छन् ।’
विद्यालयको तह मिलान गर्दा पनि आर्थिक भार कम भएको जनहित माविका अभिभावक ज्ञानबहादुर थापाले बताए । अब गलकोटमा १३ माविसहित ६२ सामुदायिक विद्यालय छन् । विद्यालय समायोजन कार्यविधिमा कक्षा १–३ संचालितमा १५ जना, १–५ भए २५, ६–८ भए २१, ९–१० भए २५ र ११–१२ मा पनि २५ जना विद्यार्थी न्यूनतम हुनुपर्ने मापदण्ड छ ।
बागलुङ नगरपालिकाले पनि ‘बिग स्कुल’को मापदण्ड बनाएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । आगामी शैक्षिक सत्रमा मापदण्ड भन्दा कम विद्यार्थी भएका विद्यालय मर्ज गर्ने तयारी भएको हो । बागलुङ नगरपालिकाभित्र १ सय ४ विद्यालय छन् । कतिपय विद्यालयमा विद्यार्थी न्यून भएकोले मर्जको अवस्था ल्याउनैपर्ने आवश्यकता भएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
‘बरु एउटा राम्रो र आवासीय विद्यालय बनाऔं भन्ने छ,’ श्रेष्ठले भने, ‘वैशाखसम्म एउटा टुंगोमा पुग्छौं ।’ गाउँ छाडेर बजार र तराइ झर्ने क्रमले गाउँघरका विद्यालयमा विद्यार्थी न्यून भएका हुन् । ‘पछिल्लो ५ वर्षमा न्वारन गरेर शंख फुकेको समेत थाहा पाइएको छैन,’ बाग्लुङ–१२ का विष्णु अधिकारीले भने, ‘बालबालिका नभएपछि विद्यालय कसरी चल्छन् रु’
आवासीय सेवा दिएर विद्यालय चलाउनेबारे कार्यपालिकामा पनि छलफल भैरहेको बागलुङ–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । ‘भूगोलका कारण बालबालिकालाई धेरै सास्ती भएको छ,’ गौतमले भने, ‘मर्ज गरेको विद्यालयका बालबालिकालाई आवासीय सेवा दिएर पढाउने गरी संरचना बन्दैछन् ।’ पहिलो चरणमा आफ्नै वडाबाट काम थाल्ने उनले बताए ।
यसअघि ६ वटा विद्यालय मर्ज गरेको बागलुङ नगरमा थप १० वटासम्म मर्ज गर्न सकिने पोखरेलले बताए । १० विद्यालय मर्ज गर्न सके त्यहाँका ४० जना शिक्षकलाई अन्य विद्यालयमा राखेर गुणस्तर सुधार गर्न सकिने योजना पोखरेलले सुनाए ।
अधिकांश मावि तह सञ्चालन भएका विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत ठूला भवन निर्माण सम्पन्न भएका छन् । ती विद्यालयमा शैक्षिक सुधारका कार्यक्रम, गुणस्तर अभिवृद्धि तथा बालमैत्री वातावरण दिने गरी कार्यक्रमहरू तय भएको उनले बताए ।