सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेस्सी र रोनाल्डोको क्लब आज आपसमा भिड्दै


  •    न्युजभित्तो/१८ माघ २०८०, बिहीबार १२:१७ 
  • काठमाडौँ, १८ माघ । समकालीन विश्व फुटबलका महान खेलाडी हुन्, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । विश्भर यी दुबै फुटबल स्टारका कराडौँ समर्थक छन् । अर्जेन्टिनी स्टार मेस्सी र पोर्चुगिज स्ट्राइकर रोनाल्डोको टोली लामो समयदेखि एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छैनन् । तर, समकालीन विश्व फुटबलका यी दुई महान खेलाडी आबद्ध क्लबबिच बिहीबार राति आपसमा भिडन्त हुँदैछ । मेस्सीको क्लब इन्टर मियामी र रोनाल्डोको क्लब अल नासरबिच बिहीबार राति साउदी अरेबियामा आपसमा भिडन्त हुन लागेको हो । खेल राति ११ः४५ बजे सुरु हुनेछ ।

    पहिले यी दुबै महान खेलाडी स्पेनिस क्लबबाट ब्यवसायीक फुटबल खेल्थे । ३८ वर्षीय रोनाल्डो रियल म्याड्रिडबाट र ३६ वर्षीय मेस्सी बार्सिलोनाबाट ब्यवसायीक फुटबल खेल्थे । त्यतिबेला भने यी दुई महान खेलाडी समय–समयमा एक–अर्काविरुद्ध मैदानमा ओर्लन्थे । तर, लामो समयदेखि यी दुई प्रभावशाली फुटबलर मैदानमा एक–अर्काविरुद्ध ओर्लिएका छैनन् । मेस्सी बार्सिलोनाबाट फ्रान्सेली क्लब हुँदै हाल अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध छन् । उनी सन् २०२३ मा अमेरिकी ब्यवसायीक लिग खेल्न इन्टर मियामी पुगेका हुन् ।

    अर्कोतिर, रोनाल्डो पनि रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्ट्स र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड हुँदै हाल साउदी अरेबियन क्लब अल नासरमा आबद्ध भएका छन् । उनी साउदी अरेबियाको ब्यवसायीक लिग खेल्न सन् २०२३ मा अल नासरमा आबद्ध भएका हुन् । बिहीबार राति हुने इन्टर मियामी र अल नासरबिचको खेलमा रोनाल्डोले खेल्ने सम्भावना भने निकै कम छ । उनी पछिल्लो केही समययता पिँडुलाको समस्याबाट पीडित छन् । त्यसैले उनी केही समयदेखि मैदानमा देखा परेका छैनन् ।

    इन्टर मियामीको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण पनि हो । मेस्सी साउदी पर्यटनका सदभावना राजदूत पनि हुन् । मेस्सी र रोनाल्डो हालसम्म ३५ पटक एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका छन् । यी दुई खेलाडी क्लब र राष्ट्रिय टोलीबाट खेल्दा एक–अर्काविरुद्ध मैदानमा ओर्लिएका हुन् । त्यसमध्ये १६ खेलमा मेस्सीको टोली र १० खेलमा रोनाल्डोको टोली विजयी भएका छन् ।

    बाँकी नौ खेल भने बराबरीमा सकिएको छ । ती ३५ खेलमा मेस्सीले २१ गोल गरेका छन् भने १२ वटा गोलका लागि पास उपलब्ध गराएका छन् । रोनाल्डोले भने २० गोल गरेका छन् भने एक गोलका लागि पास उपलब्ध गराएका छन् । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.