सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फोहर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता


  •    न्युजभित्तो/१६ माघ २०८०, मंगलवार १५:५३ 
  • बागलुङ, १६ माघ । बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले फोहोर व्यवस्थापनका लागि दक्षिण कोरियासँग सम्झौता गरेका छन् । बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै नगरका प्रमुख र कोरियाको ‘एएलके इसिओ’ कम्पनीसँग प्रारम्भिक सम्झौता गरिएको भएको हो । नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि कोरियाली प्रविधि भित्र्याउने नगरपालिकाको लक्ष्य छ । कोरियाको वातावरण विभाग अन्तर्गतको ‘एएलके इसिओ’ कम्पनीका प्रमुख खो यु सेप र प्रमुख कार्यकारी अधिकृत जङ डेटोङ तथा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सम्झौतामा हस्ताक्षर गर्नुभयो । कोरियाली कम्पनीले ‘जिरो वेस्ट म्यानेजमेन्ट’का लागि प्रविधि उपलब्ध गराउने छ ।

    साथै प्राविधिक सीपका लागि पनि तालिम दिने छ । उक्त कम्पनीले फोहर व्यवस्थापन गर्ने मेसिन नगरपालिकालाई बिक्री गर्ने, कम्पनीले तीन वर्ष निःशुल्क सर्भिस दिने तथा आवश्यक तालिम लिन चाहने प्राविधिकलाई कोरियामै लगेर व्यावहारिक रुपमा ज्ञान दिनेछ । केही समय कोरियाका प्राविधिकले यहीँ आएर मेसिन चलाउने तालिमसमेत दिनेछन् । हाल बागलुङ नगरपालिकाले कालीगण्डकी र काठेखोला छेउको खुर्तुकेमा फोहर फाल्दै आएको छ । कुश्मा नगरपालिकाले पनि बागलुङ पोखरा सडकको छमर्के नजिकै फोहर फाल्दा दुर्गन्ध फैलिएको छ ।

    दुवै नगरका डम्पिङ साइट सडक छेवैमा छन् । २०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहर फालेको थियो । अहिले बानपा–१ को खुर्तुर्के भन्ने स्थानमा फोहोर व्यवस्थापन गरिँदै आइएको छ । कुहिने र नकुहिने फोहर एकै ठाउँमा फाल्दा डङ्गुर बनेको छ । अब भने नगरपालिकलो कुहिने र नकुहिने फोहर छुट्टै निकाल्ने व्यवस्थापन गर्ने भएको हो । उक्त मेसिनमा ढुङ्गा, सिसा र फलामजन्य वस्तुबाहेक सबै नष्ट पार्न सकिन्छ । साथै सो विधिबाट न्यूनतम बिद्युत्को खपतमै एक हजार एक सय डिग्री तापक्रमबाट फोहर नष्ट हुन्छ । त्यसबाट धुँवा र धुलोसमेत नहुने भएकाले कार्बन उत्र्सजन पनि नहुने बताइएको छ ।

    बागलुङ नरपालिकाले दैनिक ६ टनसम्म फोहर निष्कासन गर्ने भएकोले प्लास्टिकजन्य वस्तु नै दुई टनसम्म हुने अनुमान गरेर ठूलो मेसिन खरिद गर्ने भएको हो । कुश्मा नगरपालिकाले भने सानो मेसिनका लागि तयारी गरेको जोशीले बताउनुभयो । बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षका लागि फोहर व्यवस्थापनका लागि रु एक करोड २० लाख रकम विनियोजन गरेको छ । उक्त रकमबाटै यो व्यवस्थापन गर्ने लक्ष राखेको छ ।

    चार महिनाभित्र कोरियाबाट प्राविधिधसहित मेसिन ल्याएर जडान गर्न सकिने कम्पनीका नेपाली प्रतिनिधि विष्णु ढुङ्गानाले बताउनुभयो । यो प्रविधि सञ्चालन आएपछि प्लास्टिकजन्य फोहर पूरै हटाउन सकिनेछ । बर्सेनी डम्पिङ साइट व्यवस्थापनका लागि खर्च हुने रु एक करोड ५० लाखभन्दा बढी रकमबाट २५ देखि ३० प्रतिशतको खर्चमा व्यवस्थापन गर्न सकिने इञ्जिनियर दीपेन्द्र भण्डारीले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.