सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्लाहीमा चिसोबाट पीडित १३ सय विपन्न परिवारलाई स्थानीय प्रशासनले बाँड्यो कम्बल


  •    न्युजभित्तो/१४ माघ २०८०, आईतवार ११:२६ 
  • काठमाडौं, १४ माघ । जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले अतिविपन्न नागरिकलाई कम्बल वितरण गरेको छ।

    मधेस प्रदेश सरकारले उपलव्ध गराएको एक हजार दुई सय ८० थान कम्बल अतिविपन्न नागरिकलाई वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।

    प्रजिअ धमलाका अनुसार मलंगवा, बलरा, गोडैता, बागमती, हरिवन र ईश्वरपुर नगरपालिका, कौडेना, चक्रघट्टा, विष्णु, रामनगर, धनकौल, कविलासी, चन्द्रनगर, हरिपूर्वा, पर्सा र ब्रह्मपुरी गाउँपालिकाका अतिविपन्न नागरिकलाई एक हजार दुई सय ८० थान कम्बल वितरण गरिएको हो।

    जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धिताल, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हेडक्वार्टर गण सर्लाहीका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका अनुसन्धान उपनिर्देशक सन्तोष ढुङ्गेलसहितको टोलीले अतिविपन्न बस्तीमा पुगेर कम्बल वितरण गरेको हो।

    बाँकी स्थानीय तहका विपन्नलाई पनि कम्बल वितरण गर्ने कार्यक्रम रहेको सीडीओ धमलाले जानकारी दिए। मधेश प्रदेश सरकारले सर्लाहीका विपन्नलाई वितरण गर्नको लागि २ हजार थान कम्बल सर्लाहीका लागि उपलव्ध गराएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.